तिप्लिङ न्यूज
ग्रेस इभेन्ट्सको आयोजनामा संचालित मिस्टर एण्ड मिस ग्रेस SEE नेपाल – सिजन ६ (२०२५) को ट्यालेन्ट राउण्ड २०८२ असार १७ गते भव्य र व्यवस्थित रूपमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता ग्रेस इभेन्ट्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (CEO) सुरज थापाले गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरूले आफ्नो उत्कृष्ट प्रतिभा, सिर्जनात्मकता र आत्मविश्वास प्रस्तुत गर्दै दर्शकहरूको मन जित्न सफल भए ।
कार्यक्रममा निर्णायकको भूमिकामा राष्ट्रिय कलाकार सपन श्रेष्ठ, नेपालकी पहिलो एक खुट्टा नृत्यांगना रोमा न्यौपाने, मिस ग्रेस एयर होस्टेस २०२५ की फर्स्ट रनर अप सुनिशा गुरुङ, चिरायु डेन्ट केयरका एम.डी. सागर जोशी र चर्चित गायिका बेनीशा पौडेल रहनु भएको थियो । कार्यक्रमको सन्चालन फेसन कोरियोग्राफर अर्शु महर्जनले गरिरहनु भएको थियो भने, कार्यक्रमका रमाइला क्षणहरू बिन्द्रा प्रजापति र अंकित मल्ल (Cupid Photo Studio) ले तस्वीर तथा भिडियोमार्फत कैद गर्नुभएको थियो ।
कार्यक्रमलाई अझ विशेष बनाउन विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिले कार्यक्रमको गरिमा बढाएको थियो । तीमध्ये धर्मराज पनेरू The Shot Station एमडी, सोनिया चाम्लिङ राई – मिसेस इन्डिजिनस तथा सामाजिक अभियन्ता, सन्दीप खनाल – B&D Cosmetics का मार्केटिङ डाइरेक्टर, हिमाल विश्वकर्मा – मिस्टर ग्रेस SEE धरान २०२५ का फर्स्ट रनर अप, प्रज्वोल विश्वकर्मा – मिस्टर विश्वकर्मा गण्डकी, बिकाश विश्वकर्मा – मिस्टर विश्वकर्मा बुटवल, अर्जुन घिमिरे – मिस्टर विश्वकर्मा चितवन, प्रकृति विश्वकर्मा – मिस विश्वकर्मा चितवन, र रविना बडाइली – मिस टुरिज्म नेपाल अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि, निर्णायक तथा अभिभावकहरूलाई आयोजक सुरज थापाद्वारा मायाको चिनो र खदा प्रदान गर्दै सम्मान गरिएको थियो । कार्यक्रममा उपस्थित दर्शकहरू तथा सहयोगी साझेदारहरूलाई पनि विशेष धन्यवाद व्यक्त गरिएको छ । कार्यक्रमको सम्पूर्ण व्यवस्थापन र समन्वय राक्कु बोहरा र सृष्टि न्यौपानेले गर्नु भएको थियो, जसले कार्यक्रमलाई थप सफल र व्यवस्थित बनाउन उल्लेखनीय भूमिका खेल्नुभएको थियो ।
यसका साथै, कार्यक्रम सफल बनाउन उल्लेखनीय सहयोग गर्ने कर्मा ओपन रोभर/रेन्जर क्रू, अनिश कार्की, सबिन खड्का, अल्गिना कार्की, निशान दुलाल र नवदुर्गा पार्टी प्यालेस प्रति पनि आयोजक टिमले विशेष आभार व्यक्त गरेको छ ।
प्रतियोगितामा सहभागी भएका सम्पूर्ण युवायुवतीहरू अब आगामी चरणको प्रतीक्षामा छन्। कार्यक्रमको ग्रान्ड फिनाले आगामी २०८२ श्रावण ३ गते (शनिबार) नवदुर्गा पार्टी प्यालेस मा आयोजना हुने आयोजक तथा ग्रेस इभेन्ट्सका CEO/Founder सुरज थापाले जानकारी दिनुभएको छ ।









