तिप्लिङ न्यूज
मिति २०८२ असार १६ गते

यति बेला नेपालि गित संगितको बजारमा बिलकुलै नयाँ गितको म्युजिक भिडियो सार्वजानिक भएको छ । गायक सुमन घले र गायिका सुमिना लोको स्वरमा रहेको गितमा नेपालि चलचित्रकि नायिका सृजना निङ्लेखु लाई फिचर्ड गराएका छन् ।

यस् गित सिङ्गापुरे लाहुरेको संगित प्रकाश लामाले गरेको हो । शब्द गायक स्वयम् सुमन घलेले लेखेका हुन भने संगित संयोजन बिसम् आचार्यले र ध्यनि सम्पादन डिका गुरुङले गरेका हुन् ।

नाङ्सा डाल्माको प्रस्तुतिमा तयार भएको भिडियो लाई गायक सुमन घलेकै अफिसियल युटुब बाट बजारमा ल्याएको छ । भिडियो नेपालकै अति सुन्दर भुगोल मानिने मुस्ताङमा छायांकन गरिएको छ । राम्रै लगानिमा तयार भएको भिडियोमा सृजना निङ्लेखु संगै गायक सुमनलाई देख्न सकिन्छ ।

अनुभबि निर्देशक युबराज वाईबाको निर्देशमा बनेको भिडियोलाई निशाल पौडेल र उनका समुहले खिचेका हुन् भने भिडियो सम्पादन र रंग संयोजन विकाश दाहालले गरेको हो ।

Official Music Video Link :

Watch This Video Also