मिति २०८२ असार ११ गते
तिप्लिङ न्यूज
गायक प्रदिप लामाको म आको घुम्न दार्जिलिङ बोलको गित भिडियो सहित सार्वजानिक भएको छ । सुसन लामाको शब्द र संगितमा रहेको गितको भिडियो दार्जिलिङमै पुगेर छायांकन गरेको हो ।
नोर्बु शेर्पाले संगित संयोजन गरेको गित स्पेनको म्याड्रीड स्थित ड्राक्स स्टुडियोमा रेकर्ड भएको थियो । गितलाई अर्पण थिङले मिक्सिङ गरेका हुन् । गायक प्रदिप लामा हाल केहि समय यता स्पेनमै बस्दै आएका छन् । स्पेनमै रहेर पनि नेपालि गित संगितलाई भने निरन्तरता दिदै आईरहेको छ ।
केहि दिन अघि मात्र सार्वजानिक गरेको गितको भिडियोमा कलाकार कुन्साङ बोम्जन र कलाकार याङ्गी दोङलाई देख्न सकिन्छ । दार्जिलिङको सुन्दर सहरमा बनेको भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेको हो । बिशाल थापाले खिचेका भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन् ।
नेपाल देखि दार्जिलिङ सम्म पुगेर भिडियो निर्माण गर्नु पक्कै पनि सहज र सस्तो भने छैन् । राम्रै लगानिमा तयार भएको गितको भिडियोलाई गायक प्रदिप लामाको अफिसियल युटुबबा हेर्न सकिन्छ ।
प्रदिप लामाको म आको घुम्न दार्जिलिङ भिडियो लिंक:








