मिति २०८२ असार ८ काठमाणडौं 

देशमा रहेर होस या परदेशमा रहेर निरन्तर गित संगितलाई आफ्नो स्वरमा प्रस्तुत गरिरहने गायक हुन् पवन राज स्याङ्बो | यसै क्रममा भर्खरै मात्र अर्को एउटा सांगितिक कोशेलि सेलो भाका चनौटेको बजारमा भिडियो सहित सार्वजानिक गरेको छ |

क्लिक नेपालको अफिसियल युटुब बाट सार्वजानिक भएको गितको भिडियो यु.ए.ई दुबाईको विभिन्न स्थानमा छायांकन गरिएको हो | गायक पवन राज स्याङ्बो र गायिका सुमिना लोको स्वरमा रहेको गितलाई युबराज लामा योन्जनले लेखेका हुन भने संगित अमृत लामाले गरेको हुन् |

सिर्जना थिङको प्रस्तुतिमा तयार भएको गितको संगित संयोजन नोर्बु शेर्पा र ध्वनि सम्पादन अर्पण थिङले गरेका छन् | दुबाईको विभिन्न स्थानमा छायांकन गरेको गितको भिडियोलाई गायक पवन राज आफैले निर्देशन गरेका हुन भने नृत्य निर्देशन म्हेन्दो पेमा पाख्रिनले गरेका छन् | भिडियोमा गायक पवन राज स्याङ्बो , सिर्जना थिङ , म्हेन्दो पेमा पाख्रिन र सुनिल मोक्तानलाई प्रमुख भुमिकामा देख्न सकिन्छ |

साथै भिडियोमा माया तामाङ, सृष्टि लामा, डोमा लामा, डोल्मो लामा, सानि पाख्रिन, रिया पाख्रिन, रानि तामाङ, ल्हाक्पा डोल्मा लामा, रेनिशा तामाङ र मुस्कान लामालाई पनि देखाईएको छ | परदेशमा छायांकन भएकोले प्राविधिक रुपमा भने जस्तो सहज नभएको निर्देशक एवम् गायक पवन राज स्याङ्बोले जानकारि दिएका छन् | दुई दिन लगाएर खिचिएको भिडियोलाई KK मिडियाले सम्पादन गरेको हो |

चनौटेको बजारमा गितको भिडियो लिंक :