मिति २०८२ जेठ २२
काठमाण्डौं
चलनचल्तिको नेपालि लोक आधुनिक गित कोरिय लाहुरे गितको अफिसियल भिडियोले यतिबेला बजारमा केहि चर्चा कमाईरहेको छ | गायक आस्मान लोप्चन र गायिका मेलिना राईको स्वरमा रहेको गितलाई गणेश तामाङ योन्जनले शब्द रचना एवम् निर्माण गरेको हो |
क्लिक नेपाल युटुब बाट भिडियो सहित सार्वजानिक भएको गितको संगित विशाल काल्तानले गरेका हुन भने एरेन्ज मिक्सिङ अर्पण थिङले गरेका छन् |
नेपाल बस्ने र कोरिया बस्ने प्रेमि प्रिमिका विचको अनलाईन लभस्टोरिलाई भिडियोमा देखाउन खोजिएको छ | भिडियोमा गायक लोप्चन स्वयम् फिचर्ड छन् भने उनलाई कलाकार सन्जना गुरुङले अभिनय एवम् नृत्यमा साथ दिएकि छिन् |
युद्ध लामा ब्लोनले निर्देशन एवम् कोरियोग्राफि गरेको भिडियोलाई दुर्गा श्रेष्ठले छायांकन गरेको हो | अनिल बिष्ट पिउठानिको भिडियो सम्पदानमा रहेको गितको भिडियो हामिले समाचार तयार पार्दा सम्म ८० हजार पटक दर्शकले युटुबमा हेरिसकेको छ | कोरियन लाहुरे गितको सफल्ता संगै यस गितको भाग दुई समेत आउने निर्माता एवम् शब्द रचनाकार गणेश तामाङ योन्जनले तिप्लिङ न्यूज लाई जानकारि दिएको छ |
नेपालि गित संगितका चर्चित गायिका मेलिना राई संगको सहकार्य सुखद रहेको गायक आस्मान लोप्चनले बताए ्र सिन्धुपाल्चोक जिल्लामा जन्मेका गाएक विशेष गरि खान्दोके सेलोमा आफुलाई प्रस्तुत गर्दै आईरहेका थिए | यस पटक भने गायक लोप्चनको लागि केहि नयाँ र केहि चुनौतिपुर्ण रहेको बताए |
कोरियन लाहुरे गितको भिडियो लिंक :








