तिप्लिङ न्यूज

एनडिए डान्सिङ आईडल सम्पन्न भएको छ । गुरु पुर्णिमाको अवसरमा नेशनल डाईनामिक आर्ट्स द्वारा सञ्चालित एनडिए डान्स स्टुडियोले सो कार्यक्रम आयोजना गरिएको हो ।

एनडिए डान्स स्टुडियोका नृत्य विभाग प्रमुख लक्ष्मी पुरी गुरुङको सभापतित्वमा आयोजित कार्यक्रममा नृत्य निर्देशक संघ नेपालका केन्द्रिय अध्यक्ष भुवन दास श्रेष्ठ, के. सचिव एवम सञ्चारकर्मी ऋषी केश श्रेष्ठ, केन्द्रीय सह कोषाध्यक्ष केशव कोईराला, जुगल नवगुरुकुलका प्रिन्सिपल रुपक लामिछाने, नृत्य निर्देशक कृष्ण रसाल, नृत्य निर्देशक संघ नेपाल काठमाडौंका उपाध्यक्ष छिरिङ लामा, भक्तपुर का नि. अध्यक्ष चुडामणी फुयाल, गोकर्णेश्वर नगरका अध्यक्ष बाबु सेञ्चुरी र एस्ट्रो बोईजका टिम मेम्बरहरुको बिशेष उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

कोरियोग्राफर तथा मोडल दिलु सुनार र कार्टुन क्रिउका टिम मेम्बर सफल बस्नेत निर्णायकको भुमिकामा रहेको प्रतियोगितामा जुनियर र सिनियर तर्फबाट ३ दर्जन बिद्यार्थीहरुले सहभागी जनाएको थियो । जसमा सिनियर तर्फबाट प्रथम आकृती श्रेष्ठ, द्वितिय रिदिमा लामा, तृतिय साल्मली मगर, चौथो क्यारल परियार र पाचौ स्थान याना श्रेष्ठले हात पार्न सफल भयो । साथै उत्कृष्ठ भेषभुषा तर्फ कृदन पराजुली र अनुशासित पुरस्कार नमुना बस्नेतले जित्न सफल भएको थियो ।

जुनियर तर्फ भने प्रथम स्थानमा बिनिशा मगर, दोश्रोमा सुप्रिया आचार्य, तेश्रो ईभा राई, चौथो आदिती राई र पाचौ स्थान दिक्षा सिं ठकुरीले जित्न सफल भयो । र उत्कृष्ठ भेषभुषा तर्फ आयुष्मा लगुन र अनुशासित तर्फ उप्सना कटुवल बिजेता घोषित भयो । कार्यक्रमका बिशिष्ठ अतिथीहरुले विजेताहरुलाई ट्रफी, मेडल, प्रमाण पत्र र ताज पहि¥याएर बधाई दिनुका साथै संस्थाको तर्फबाट प्रथम, द्वितिय र तृतिय लाई क्रमशः ३ महिना, २ महिना र १ महिनाको छात्रा÷छात्रबृत्ती प्रदान गरिने अध्यक्ष देवराज गुरुङले जानकारी गराउनुभयो ।

अध्यक्ष देवराज गुरुङले सञ्चालन गरिएको कार्यक्रममा नेपाली लोक नृत्य र बे्रकिङ नृत्यका आधारभुत तह पार गरेको बिद्यार्थीहरुलाई प्रमाण पत्र प्रदान गरिएको गियो । कार्यक्रममा नृत्य सिकाउनु हुने नृत्य प्रशिक्षक आयुषा श्रेष्ठ, समृद्धी पन्त, बिपिन तामाङ र निर्जला राईलाई पनि मायाको चिनो द्वारा सम्मान गरिएको थियो । कार्यक्रम सफल बनाउन नृत्य निर्देशक संघ नेपाल काठमाडौं जिल्ला अध्यक्ष सरस्वती पोखरेलले ट्रफी सहयोग गर्नुभएको थियो ।

खान्दोके सेलो साउन १९ मा दरबारमार्गमा गुन्जिने