तिप्लिङ न्यूज
नायक बुद्ध थिङ को ” भाइरल तासाई ” म्युजिक भिडियो सार्वजनिक भएको छ। ललितपुर महालक्ष्मी नगरपालिका वडा नं १० फेदी खोला का नायक बुद्ध थिङ २०६५ – ०६६ साल तिर नृत्य संघ सस्थाहरुमा आबद्ध थियो मेहेनतिलो बुद्ध थिङ आफ्नो प्रस्तुति देखाउनको निम्ति धेरै स्टेजहरु चडदै पनि आए ।
उनको प्रस्तुति हरु धेरैले रुचाउने पनि गर्थे यहि छेत्रमा अडिन्छु भन्दै अगाडी बढी रहेको बुद्ध थिङ लाई बिचमा चलचित्रको केही प्रस्तावहरु उहाँ सामु आए र चलचित्र तिर फर्को मार्न सुरु गरे नायक बुद्ध थिङले गरेको तामाङ चलचित्र ” थुजेछे र ब्रेलसाङ ” चलचित्र थुजेछे सार्वजनिक भइसको छ भने ब्रेलसाङ यहि २६ गते सो गर्न को लागि तयारी अवस्थामा रहेको बताउछन ।
सामाजिक अभियान्ता नायक बुद्ध थिङ समाजको लागि केही गर्नु पर्छ आफ्नो भाषा धर्म सस्कृति र मौलिकता लाई जगेर्ना गर्नु पर्छ भन्ने हितको साथ यो छेत्रमा लागेको बताउछन । अहिले नायक धेरै संघ सस्थाहरुमा आवद्ध रही काम गर्दै आएका छन । कालिदेबी मा.वि . नेपाल तामाङ थिङ समाज , अनुसासन बिभागको, प्रमुख तामाङ चलचित्र संघको केन्द्रिय सदस्य समेत रहेको नायक बुद्ध थिङ आफ्नो भन्दा बढी समाजको चिन्ता लिने गर्छ। 
नायक बुद्ध थिङको आदि दर्जन भन्दा बढी म्युजिक भिडियोहरु सार्वजनिक भइसकेको छ भने अहिले उहाको प्रस्तुतिमा रहेको तामाङ डान्सिङ गित ” भाइरल तासै ” सार्वजनिक भएको छ ।
तामाङ चलचित्रको सुपर स्टार नायक कुमार मोक्तानको पनि अभिनय यश गित मा देख्न सकिन्छ।
नायक बुद्ध थिङको प्रस्तुतिमा रहेको ”भाइरल तासाइ” गितको शब्द कुमार मोक्तानले लेखिएको छ सङ्गित: जोगलाल लामा संगित संयोजक: नोर्बु लामा मिक्स मास्टरीङ : दिपेश प्रधानले गरेको छ भने सुनिमा लो र प्रकाश लामाले यश गितमा मीठो आवाजले भरीएको छ ।
सोही गितको भिडियोमा क्यामेरा: जीवन बास्कोटा इडिट: अमृत चापागाइ निर्देशक : प्रतीक ङ्यासुरले गरेको हो। भने नायक बुद्ध थिङ , कुमार मोक्तान , र अम्बिका तामाङले अभिनय गरेको छ |









