तिप्लिङ न्यूज
चौथो आदिवासी जनजाति चलचित्र महोत्सव–२०८१’ मा तामाङ भाषा चलचित्रको तर्फबाट दार्बुङ चलचित्र छनोटमा परेको छ । चलचित्र जेठ २५ गते शुक्रबार बिहान ११ : ३० बजे राष्ट्रिय सभा गृहमा प्रदर्शन हुनेछ ।
चलचित्रको मुख्य भुमिकामा स्वर्गीय जयनन्द लामा , हुत्त संजय लामा, डोमा ह्योल्मो, सुनिता लुङ्बा, मान बहादुर तामाङ, भुईसल लामा, मायादेवी मोक्तान, राज कुमार मोक्तान, सिर्जना गोले, सुनमाया घिसिङ, सागर गोले, तिर्थ थोकर, करिसा वाईबा, पेमा योन्जन तामाङ, सुस्मिता लुङ्बा, दोर्जे मोक्तान, पेमा लामा मुगु, राम तामाङ लगायतका अभिनय रहेका छन् ।
नायकद्वय हुत्त संजय लामाको कथा, पटकथा र संवाद रहेको छ भने चलचित्रका निर्माता लोसाङ लामा ,ईकेश लामा रहेका छन । चलचित्रको निर्देशन संजय र अर्जुनले गरेका हुन । चलचित्रमा संगीत कर्साङ लामा , हुत्त संजयको रहेको छ ।
चलचित्रको गीतमा कर्साङ लामा, आकाश ब्लोन, बबिता पाख्रिन र पुजा लामाको आवाज रहेका छन् । त्यसै गरि चलचित्रमा द्वन्द सुरज श्रेष्ठको रहेको छ । प्रज्वल राउतले छायंकन गरेको उक्त चलचित्रको सम्पादन भने अर्जुन खड्काले गरेका हुन् ।
आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा जेठ २३ देखि २५ गतेसम्म प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा हुने महोत्सवमा फिचर, सर्ट फिल्म र डकुमेन्ट्रीसहित नौ वटा चलचित्र प्रदर्शन हुनेछन् ।
तामाङको हुल उठ्ने हो कि ?