तिप्तिङ न्यूज
तामाङ समुदायको साँस्कृतिक पर्व ल्होछार-२८६० औं ‘डुक’ ल्हो (ल्होछार)को पुर्बसन्ध्यामा तामाङ सोसाइटी अफ युकेले सिन्धुपाल्चोक र दोलखाका गरी ५३ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।

हिजो मिति २०८० पुष २० गते ६ जनवरी २०२४ मा सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ३ बतासे श्री समाज विकास आधारभूत विद्यायलयमा पुगी सोसाइटीका महासचिव मनी तामाङसहित पदाधिकारी, सदस्य तथा कलाकारहरुको उपस्थितिमा ३ लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको हो । समाज विकास आविमा अध्ययनरत मिहिनेती, जेहेन्दार ४४ विद्यार्थी र दोलखाको वैतेश्वर गाउँपालिका-६ नाम्दुको वैतेश्वर माध्यमिक विद्यालयका ९ विद्यार्थीलाई कपी, कमल, झोला, विद्यालय पोसाक (सर्ट-पाईट), जुत्ता, मोजा, चप्पल, जाडोमा लगाउने ज्याकेट, ज्योमेट्री बक्ससहित सामग्री वितरण गरिएको कार्यक्रममा सहभागी गायक आस्मान लोप्चनले जानकारी दिए ।  

 

तामाङ सोसाइटी अफ युके परिवारजनहरू प्रवासमा बसोबास गरेतापनि आफ्नो लागि मात्र नभई आफ्नो मातृभूमिप्रति केही गर्नुपर्छ भन्ने राष्ट्रियता र देश भक्तिको भावनाले एकजुट भई अँध्यारो जीवनबीच शिक्षाको उज्यालो दियो बाल्नका लागि विपन्न, मिहिनेती तथा जेहेन्दार विद्यार्थीहरुको शैक्षिक विकासका लागि विस २०७५ सालदेखि परोपकारी सहयोग अभियानलाई निरन्तरता दिइरहेको महासचिव तामाङले बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा तामाङ सोसाईटी अफ यूकेका वर्तमान महासचिव मनी तामाङ, कोषाध्यक्ष गोर्खा मेजर बलदिप तामाङ, सदस्यहरु धनु तामाङ, उषा तामाङ, कला तामाङ साथै बरिष्ठ सेलो गायक प्रेम लोप्चन ,बरिष्ठ गायक रोज मोक्तान नेपाल तामाङ कलाकार संघका निवर्तमान अध्यक्ष तथा गायक विश्व दोङ, वर्तमान उपाध्यक्ष तथा गायक सुवास मोक्तान, आस्मान लोप्चन र प्रदीप लामा आएका श्री  समाज विकास आविका प्रधानाध्यापक सरोज विष्टले जानकारि दिनुभयो | छात्रावृति हस्तान्तरणमा शिक्षक/शिक्षिका, विद्यालयका कर्मचारी, स्थानीयहरुको बाक्लो उपस्थिति थियो ।

बल्लपो तामाङको हुल उठ्यो |