तिप्लिङ न्यूज
पौष२० गते जोसेफ एजुकेसन नेटवर्क अन्तर्गत जोसेफ पब्लिक स्कुल, माहाङ्काल र जोसेफ हाइ स्कुल कपन मिलनचोकको जोसेफ डान्सिङ आइडल सिजन ३ र सिङ्गिङ स्टार सिजन २ सम्पन्न भएको छ।
जोसेफ एजुकेशन नेटवर्कका प्रीन्सिपल सुर्य बहादुर अधिकारीको सभापतित्वमा आयोजित कार्यक्रममा बाग्मती प्रदेशका साम्सद मिना राना ज्यु प्रमुख अतिथीको रुपमा कार्यक्रममा उपस्थित हुनुहुभएको थियो। कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथीज्युले बिध्यार्थिहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटनको निमित्त जोसेफ स्कुलले आयोजना गरेको कार्यक्रममा उपस्थित हुन पाउँद खुसी भएको बताउनुभयो। साथै उत्तोतर प्रगतीको कामना सहित उज्वल भविश्यको कामना पनी दिनुभयो।

कार्यक्रमको जानकारी सहित मन्तव्य दिनुहुदै सभापती एवम प्रीन्सिपल सुर्य बहादुर अधिकारीज्युले जोसेफ द्वारा बर्षेनी यस्तो कार्यक्रम गर्दै आइरहेको जानकारी दिनुभयो। साथै बिजेता सम्पुर्ण बिध्यार्थीहरुलाइ बधाइ दिनुहुदै बिजेता हुने बिध्यार्थिहरुलाइ बिध्यालयले मासिक शुल्क र अर्को बर्ष भर्ना शुल्क पनी छुट दिने जानकरी दिनुभयो। कार्यक्रम सफल वनाउनको निमित्त अहोरात्र खटिनुहुने जोसेफ पब्लिकका प्रीन्सिपल मनोज अधिकारी, इन्चार्ज सर म्यामहरु, सम्पुर्ण शिक्षक, शिक्षिका साथै नृत्य निर्देशकहरु प्रकाश शर्मा र लक्ष्मी पुरी, सङ्गीत प्रशिक्षक वरिष्ठ गायिका कुन्ती मोक्तान सवैलाई धन्यबाद दिनुभयो। जोसेफ हाइ स्कुल कपनको प्राङ्गणमा आयोजित डान्सिङ आइडलको निर्णायकको रुपमा नृत्य निर्देशक संघ नेपालका केन्द्रीय सह-कोषाध्यक्ष एवम नेशनल डाइनामिक आर्ट्सका प्रवन्ध निर्देशक केशब कोइराला र नृत्य निर्देशक संघ नेपालका केन्द्रिय सदस्य सुनिल गिरि रहनुभएको थियो।

जोसेफ पब्लिक र जोसेफ हाइ बाट जुनियर, मिडियम र सिनियर तीन तह गरेर ३० जना बिद्यार्थीहरु फाइनलमा पुगेको थियो।
जोसेफ डान्सिङ आइडल सिजन ३ का बिजेताहरु
जोसेफ पब्लिक स्कुलको बिजेताहरु
जुनियर तहबाट
प्रथम: निशा सुवेदी, द्वितीय: बिबिशा भट्टराइ, तृतीय: बिनिशा थापा र चौथो: आशिका दुरा
मिडियम तहबाट
प्रथम: रेजिना तामाङ, द्वितीय: निस्था शाक्य, तृतिय: आयुशा तामाङ र चौथो सुश्रीका गुरुङ
सिनियर तहबाट
प्रथम: लाप्साङ घिसिङ, द्वितीय: स्वयसा लुइटेल, तृतिय: निशा थापा र चौथो : शृष्टी कटुवल
जोसेफ हाइ स्कुलको बिजेतहरु
जुनियर तहबाट
प्रथम: रिदिमा लामा, द्वितीय दिपशिखा बस्नेत, तृतिय नाम्लिङमा फागु र चौथो क्युशा नगरकोटी
मिडियम तहबाट
प्रथम: रविना बसेल, द्वितीय: तानिया सिं, तृतिय: स्वयस अधिकारी र चौथो : मान्यता काफ्ले
सिनियर तहबाट
प्रथम: सन्दीप लामिछाने, द्वितीय: अन्किता थापा, तृतिय: आहाना श्रेष्ठ र चौथो: दिप्ती सुनुवार