मिति २०८० पुष ०७ गते काठमाणडौं
विशेष गरि खान्दोके सेलोलाई आफ्नो गायन सैलि बनाएका गायक आस्मान लोप्चनले यस पटक म्हेन्दोमाया गित गाएका छन् | म्हार्कि जन्तर बोलको म्हेन्दोमाया गित तामाङ भाषाको रहेको छ | लोक दोहोरि गायिका र म्हेन्दोमाया गायिका दुबै नामले परिचित मन माया वाईबा संग यस पटक गायक लोप्चनले सहकार्य गरेका छन् |
विशेष गरि रसुवा,धादिङ र नुवाकोट आसपासमा प्रचलित भाका म्हेन्दोमाया गित तामाङ सेलो मध्यको एक मौलिक भाका हो | आरम्भ तामाङको शब्द र संगितमा बनेको गितको संगित संयोजन पवन वाङ लामाले गरेका छन् | अर्पण स्टुडियोमा रेकर्ड भएको गितको ध्वनि सम्पादन अर्पण थिङ तामाङले गरेको हो | काठमाण्डौंको बौद्ध स्थित फुडपार्कमा निर्माण गरेको भिडियोलाई त्रिलोक लामाले खिचेका हुन् भने भिडियो सम्पादन गायक आस्मान लोप्चनलेनै गरेको हो |
भिडियो पनि हेर्नुहोला
सिन्धुपाल्चोके ठिटो युवा गायक आस्मान करिब एक दशक देखि नेपालि गित संगितमा निरन्तर छन् | कहिले खान्दोके सेलो, कहिले म्हेन्दोमाया कहिले हिमालि नाधिङ त कहिले नेपालि झ्याउरे लोक प्रकृतिका गित गाउने गायक लोप्चनले, यो भन्दा केहि समय अघि मात्र नेपालि लोक गित `सो माया सोसित´ गायिका रचना रिमाल संगको सहकार्य बजारमा ल्याएको थियो | अहिले सम्ममा गायक लोप्चनले गाएका गितहरु मध्य खान्दोके सेलो बल्लपो तामाङको हुल उठ्यो र वाला वाला रिबन दर्शकले अलि बढि रुचाएका गित हुन् | जुन गितलाई युटुबमा लाखौंले हेरेका छन् ।
भिडियो पनि हेर्नुहोला (खान्दोके सेलो- बल्लपो तामाङको हल उठ्यो)
सो माया सोसित
वाला वाला रिबन – खान्दोके सेलो









