तिप्लिङ न्यूज/आस्मान लोप्चन

सिन्धुपाल्चोक तामाङ समाज युएईको आयोजनामा ल्होछार विशेष बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ | यहि मिति २०२४ फेब्रुअरि ४ मा Club Sk7 बरदुबाईमा नेपाल बाट जाने बरिष्ठ कलाकारको साथमा कार्यक्रम हुने समजाका अध्यक्ष राजु नगरकोटि तामाङले जानकारि दिनुभयो |

बरदुबाईमा हुने कार्यक्रमका लागि बरिष्ठ गायक एवम कलाकार प्रेम लोप्चन र बरिष्ठ कलाकार डोमा ह्योल्मो दुबाई पुग्ने भएका छन् | सिन्धुपाल्चोकको माटोले जन्मनाएको दुईवटै कलाकार नेपालि कला र कलाकारिता जगतका बरिष्ठ एवम चर्चित कलाकार हुन् |

मौलिक गित संगितका बरिष्ठ स्रष्ठा गायक प्रेम लोप्चन पुरानो दोस्ति , चरिला कमाई, सेलो जुहारि, मेलोडि अफ हिमालय, चौतारा दोहोरि ह्वाई , प्रेम सेलो एल्बमका स्रष्टा हुन् | कोदोको ढिडो नकाला स्या, आस्साना सार्दो मनपर्दो, हलोमि छप्पा प्लान्दाङ प्लेन्देङ, स्याउ स्याउ नाना ,छुकछुके रैछ ओल्लो चाई जस्ता चर्चित गित समेत प्रेम लोप्चनले गाएका हुन् |

त्यस्तै गरि हिमालि भेगका मौलिक प्रकृतिका गितका गायिका एवम कलाकार डोमा ह्योल्मो कालो चस्मा लाउ भन्छ , घर त मेरो सिन्धुपाल्चोक , धन मेरो छैन , पानसय खोला लगायतका गित डोमा ह्योल्मोले गायका हुन् |

बिहान ११ बजेबाट सुरु हुने कार्यक्रममा दुबाई युएईमा रहेका गायक गायिका एवम कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने छ | औपचारिक रुपमा संचालन हुने कार्यक्रमको तयारि भव्य भइरहेको र सबै दुबाई युएईमा बस्नुहुने तामाङ कला संस्कृतिलाई माया गर्नु हुने सबैलाई भव्य निमन्त्रणा रहेको समाजका महासचिव संजय लामा गोलेले जानकारि दिनुभयो |

भिडियो हेर्नुहोस