तिप्लिङ न्यूज

मिति २०८० कार्तिक ३ काठमाण्डौं

करिब ६ महिना देखि दुबाईमा अलपत्र परेका सिन्धुपाल्चोक जिल्ला पाँचोखरि गाउँ पालिका मानेखर्कका फुरलामो तामाङलाई सिन्धुपाल्चोक तामाङ समाज युएईले उद्धार गरेको छ |काम लगाईदिने बहानामा लाखौं पैशा असुलेर म्यानपावरले फुरलामोलाई दुबाई पुराएको थियो |

सुरुमा तिन महिनाको भिजिट भिजा लगायर दुबाई लगे पनि त्यसपछि भिजा थप गरि काम लगाईदिने आस्वसनले दुबाई पुगेका फुरलामो अहिले केहि खुशि र बिस्मात सहित नेपाल आईपुगेका छन् | सिन्धुको चेलिलाई सिन्धुपाल्चोक तामाङ समाज युएईले आफुलाई सहयोग गरेर नेपाल फिराएकोमा खुशि र धन्यवाद व्यक्त गर्दै मन मनिलो बनाउदै घर परिवारलाई खुशि बनाउन पैशाको जोहो गर्न परदेश उडेका मान्छे झन परिवारमा रिन बडाएकोमा दुख प्रकट गर्छिन | दशैंको मुखैमा सुड्केस भरि खुशि लिएर नेपाल फर्किनु पर्ने फुरलामो अब कसरि रिन तिर्ने होला भन्न कुरामा बडो चिन्तित छन् |

देशमा स्वरोजगारको परिस्थिति नभएरै कैयौं नेपालि बाध्यताले परदेशिनु परेको तितो यथार्थ हामि माज छ | यो बाध्यतात्मक परिस्थितिलाई धेरैले ठगिखाने भाँडो बनाएको छ | अब कोहि फुरलामोहरुले ठगिन नपरोस अलपत्र पर्न नपरोस | दुबाई युएईबाट सिन्धुपाल्चोक तामाइ समाज युएईले उद्धार गरेर पठाएको फुरलामो तामाङ आज घर पुग्दै छिन |

समाजका महासचिव संजय लामाले दुबाईको एरपोर्ट सम्म पुराएका फुरलामोलाई नेपालको एरपोर्ट सम्म गएर सिन्धुपाल्चोक तामाङ समाजका केन्द्रिय उपाध्यक्ष प्रदिप लामा, सचिव आस्मान लोप्चन  सदस्य अदिप बाबु र सदस्य निमा पाख्रिनले स्वागत सहित केहि खर्च समेत दिएर आज घर जाने बस चडाएको छ | दुबाई देखि नेपाल सम्म संगै आएका युवा व्यवसायि एवम समाजसेवि प्रबिन स्याङबोले नकमाई नेपाल फर्केका फुरलामोलाई सहयोग स्वरुप रु ५०००/- सहयोग गरेका छन् |

आफ्नो मौलिक संस्कार सस्कृति जगेर्ना गर्न अप्ठ्यारामा परेकालाइ सहयोग गर्नकै निमित्त सिन्धुपाल्चोक तामाङ समाज युएईको स्थापना भएको बताउनु हुन्छ समाजका अध्यक्ष राजु नगरकोटि तामाङ |

सो माया सोसित गायक आस्मान लोप्चन र रचना रिमालको स्वरमा