तिप्लिङ न्यूज
मिति २०८० असार १६ गते
दुबाई
यति बेला दुबाई युएईको विभिन्न सहरमा मेरो संस्कृति मेरो पहिचान, शिक्षको लागि समाज भन्ने मुल नाराका साथ तामाङ समाज युएईको आयोजनामा भव्य सांगितिक कार्यक्रम भईरहेको छ ।
अस्ति जुलाइ २९ मा मात्र दुबाईको रसल खेमा ६ सय भन्दा बढि दर्शको उपथितिमा बृहत रुपमै पहिलो कर्यक्रम सम्पन्न भएको छ , भने भोलि जुलाई २ तारिखमा बर दुबाईको क्लब एभरेष्टमा हुनेछ ।
नेपाल बाट सांगितिक कार्यक्रमका लागि दुबाइर्मा पुगेका गायक प्रदिप लामा , गायिका सुमिला लो र कलाकार नम्रता सापकोटाले आफ्नो प्रस्तिुतिले सबै दर्शकलाई पुर्ण मनोरञ्जन दिएका थिए । कार्यक्रममा दुबाईमा रहेका गायक ,गायिका एवम् कलाकारको समेत प्रस्तुति रहेको थियो ।

कार्यक्रमा गायक प्रदिप लामाको चर्चित गितहरु मायाले बोलाको, याङ्सरि माया , कपाल कोरि च्याट्टै जस्ता गितले माहोल तताएका थिए । गायिका सुमिना लोको खुकुरि होईना कर्दा , तुर्लुङे टुङ्ना र च्याङ्बाले बोलको गितले दर्शकलाई झनै उत्साहित बनाएको थियो । कलाकार नम्रता सापकोटाको कालो चस्माको इन्ट्रिले माहोलमा गरम (गर्मि)सृजाना गर्यो । प्रत्यक्षदर्शिहरुको भनाई अनुसार कार्यक्रम सव्य र भव्य रुपमा सफल भएको बुझिन्छ ।
औपचारिक रुपमा संचालन भएको कार्यक्रम तामाङ समाज युएईका रसल खेमा क्षेत्रिय अध्यक्ष छिरिङ लामाको सभापतित्व, नेपाली समाज युएईका पार्षद अध्यक्ष एवम्स संस्थापक सदस्य एवं प्रमुख संरक्षक तामाङ समाज युएईका राम मोक्तानको प्रमुख अथिथ्यता त्यस्तै नेपाली समाज युएईका अध्यक्ष बेद प्रसाद अरियालको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो |

भोलि जुलाई २ तारिखमा बरदुबाईको क्लभ एभरेष्टमा हुने कार्यक्रमा बस्नुहुने सबैलाई आयोजक परिवार तामाङ समाज युएईले कायक्रममा उपस्थित भईदिन अनुरोध समेत गरेका छन् ।

भिडियो पनि हेर्नुहोस ।
यो पनि हेर्नुहोस









