तिप्लिङ न्यूज
मिति २०८० जेष्ठ २८ गते
काठमाण्डौं
गायक प्रदिप लामा र गायिका जितु लोप्चनको स्वरमा रहेको सेलो गित छड्के त टोपी भिडियो सहित बजारमा आएको छ । आन्भि प्रोडक्सनले निर्माण गरेको गितको भिडियोलाई आन्भि प्रोडक्सनकै युटुब च्यानलबाट बजारमा ल्याएको हो ।
गितको शब्द रचना कुमार स्याङ्बाले गरेका हुन् भने संगित बरिष्ठ संगितकार चन्द्र कुमार दोङले गरेको हो । फनिन्द्र राईले संगितसंयोजन गरेको गितको ध्वनि सम्पादन संयोजन दिपेश प्रधानले गरेको छ ।
काठमाण्डौं बाट नजिकै पर्ने सुन्दर स्थल जर्सिङपौवामा छायांकन गरेको भिडियोमा अभि लामा र अनिता गोलेलाई प्रमुख कलाकारको रुपमा देख्न सकिन्छ । भिडियोलाई अभि लामालेनै निर्देशन गरेको हो । पवन सुस्लिङले छायांकन सम्पादन एवम् रंग संयोजन गरेको भिडियो, प्राविधिक रुपमा भने अब्बल देखिएको छ । आन्भि प्रोडक्सनको यो भिडियो निर्माणमा राम्रै मेहेनत देखिएको छ । सपना लम्सालले श्रृङ्गारको पाटोलाई हेरेका छन् । भिडियोमा सहायक कोरियोग्राफरका रुपमा विकाश अर्यालले काम गरेका छन् भने भिडियोमा समिर तामाङलाई समेत देख्न सकिन्छ ।
यस गितका गायक प्रदिप लामा अहिलेका उदयमान गायक हुन् । पछिल्लो समय याङ्सारि माया, कपाल कोरि च्याट्टै जस्ता गितले आफ्नो चर्चा बटुलिरहेका उनि कार्यक्रममा ठिकठाकै ब्यस्त देखिन्छ । तामाङ समाज युएईले २०२३ को जुन र जुलाईमा गर्ने भनिएको दुई कार्यक्रमका लागि गायक प्रदिप लामा दुबाई पुग्ने भएका छन् ।
भिडियो पनि हेर्नुहोस ।
याङ्सारि माया
कपाल कोरि च्याट्टै









