तिप्लिङ न्यूज
मिति २०८० बैशाख ३ गते,
काठमाण्डौं, प्रमिला तामाङ
गायक आस्मान लोप्चन र गायिका रोस्ना लुङबाको स्वरमा रहेको तामाङ सेलो गित नयाँ बर्षको दिन २०८० बैशाक १ मा इउभचब म्ष्नष्तब ियुटुब बाट सार्वजानिक भएको छ | नयाँ बर्षको दिन सार्वजानिक भएको तामाङ सेलो गितको भिडियो मकवानपुर जिल्लाको विभिन्न स्थान मनहरि पिस पार्क, हेटौंडा पदमपोखरि बनस्पति आसपासमा छायांकन भएको हो ।
Opera Digital प्रस्तुतिमा बनेको भिडियोलाई Click Nepal ले सहकार्य गरको छ । खाल्दा निबारि बोलको गितको शब्द रचना कुमार स्याङबाले गरेका हुन भने संगित विशाल काल्तानले दिएका छन । पारिजात रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गितको संगित संयोजन र ध्वनि सम्पादन कर्साङ लामाले गरेको हो ।
भिडियोमा तामाङ चलचित्रका नायक बिक्रम लुङ्बा, गायक आस्मान लोप्चन र मिसेस तामाङ मकवानपुरका First Runner UP बिन्दु रुम्बाको नृत्य र अभिनय देख्न सकिन्छ । कल्लाई जाने हो ? दाईलाई जाने हो कि तिमि भाईलाई जाने हो , गितको थेगोले यहि भनेको छ ।

दुई दाजु भाईले बिन्दुलाई आफ्नो बनाउने अनेक प्रयास गर्दा बिन्दुले भाउ खोज्दै बाउ मातिको धाक लगाउदा हुने नतिजालाई भिडियोमा उतारेको छ । हाम्रो समाजमा फुर्ति लगाउदा सुर्ति खाईन्छ भन्ने उखान संग ठ्याक्कै मिल्दो जुल्दो हुने गरि भिडियोको अन्तिममा बिक्रम र आस्मानले बिन्दुलाई एक्लै छोडेर जाँदै गर्दा बिन्दु रुदै भागेर पछ्याउदै गर्दा गर्दै भिडियो सकिन्छ । बज्र ङ्येसुरले खिचेको भिडियो बिक्रम लुङ्बाले सम्पादन गरेका हुन् भने रंग संयोज बज्रलेनै गरेको हो । भिडियोको निर्देशन , निर्देशक हेरुका लामाल गरेका छन् ।

सेलो गित संगितको कुरा गर्ने हो भने गायक आस्मान लोप्चन र रोस्ना लुङबाको जोडि बिशेष गरेर खान्दोके सेलोमा जमेका जोडि हुन् । आस्मान र रोस्नाको सहकार्यलाई सरसर्ति हेर्ने हो भने यो यि दुईको ८ औं सहकार्य हो । सिन्धुपाल्चोक बाट उदायका गायक गायिका अहिले काठमाडौंमा रहेर गितसंगितलाई निरन्तरता दिरहेका छन् । मौलिक सेलो त्यस माथि विशेष गरेर खान्दोके सेलो गायरनै देश बिदेश घुमेका गायक आस्मान लोप्चन मौलिक गित संगितलाई सधैं पहिलो प्राथमिकतामा राख्ने गर्छन् । यहि बर्ष सोनाम ल्होछार २८५९ को लागि बेलायत (ग्प्) सांगितिक भ्रमणमा पुगेका गायक लोप्चनले बेलायतका विभिन्न सहरमा चार सांगितिक कार्यक्रम गरे । दुबई, मलेशिया र सिंगापुर समेत पुगिसकेका गायक आस्मानले सेलो गित संगित संगै अब सबैखाले नेपालि गित गाउने बताएको छ । अब छिट्टै गायिका रचना रिमाल संगको नेपालि गित सो माया सोसित भिडियो समेत आउने बताए ।
भिडियो पनि हेर्नुहोस









