तिप्लिङ न्यूज
मिति २०७९ भदौं ४ गते
काठमाण्डौं
सुमधुर स्वरकी धनि गायिका जितु लोप्चनको स्वरमा अर्को एउटा बिलकुलै नयाँ तामाङ सेलो गित ब्रिखेन सार्वजानिक भएको छ ।
हिजो मात्र सार्वजानिक भएको गितको शब्द संगित भने चर्चित गायक एवम संगितकार बिशाल काल्तानको सृजनामा बनेको हो ।
गायिका जितु लोप्चनको आफ्नै अफिसियल युटुब बाट बजारमा ल्याएको गितको भिडियोको छायांकन,सम्पादन र रंग संयोजन सुर्य लामाले गरेका हुन् ।
जेनेरिक स्टुडियोमा रेकर्ड भएको गितको एरेन्ज चांद सिंले गरेको हो । ध्वनि सम्पादन भने दिपेश प्रधानले गरेका छन् । सुमधुर स्वरकि धनि गायिका जितु लोप्चन अहिले सेलो गित संगितकै ब्यस्त एवम चर्चित गायिका हुन् । दिनहुजसो रेकर्डिङमा ब्यस्त हुने गायिका लोप्चन सयौं गितहरु गाईसकेका छन् ।
भिडियो पनि हेनुहोस्
आस्मान लोप्चन र जितु लोप्चनको यो पनि हेनुहोस्









