तिप्लिङ न्यूज
मिति २०७८ बैशाख ८ गते
सिन्धुपाल्चोक
सिन्धुपाल्चोक जिल्लाको पाँच पोखरि थाङपाल गाउँ पालिका वडा – २ बरुमा बन्दै गरेको बरुवा स्वास्थ्य चौकि निर्माण सम्पन्न भएको छ ।
बरुवा स्वास्थ्य चौकि २०७२ सालको भुकम्पले पुर्ण रुपमा क्षेति भएपछि पुन: निर्माण गरेको थियो ।
पुन: निर्माण सम्पन्न भए संगै बरुवा स्वास्थ्य चौकि हस्तान्तरण कार्यक्रम संगै बृहत् सांस्कृत कार्यक्रम हुने लागेको हो ।
सोही अवसरमा बरुवामानै जन्मेका सुमधुर स्वरका धनि गायक प्रदिप लामाको दुई वटा एल्बम दृष्टिकोण र सम्झना मनैमा पनि बिमोचन हुने भएको छ ।
पाँच पोखरि थाङपाल गाउँ पालिकाकै प्रमुख टासि लामाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा विभिन्न राष्ट्रिय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति हुनेछ ।
चर्चित गायक रोज मोक्तान , गायक आस्मान लोप्चन , गायक प्रदिप लामा , गायिका रोस्ना लुङबा , गायक संजय लामा र मोडल पार्वती तामाङको सांगीतिक प्रस्तुति रहने छ ।
कार्यक्रम बैशाख ११ गते दिनको ठिक १० बजे बिहान बाट पाँच पोखरि थाङपाल गाउँ पालिका वडा २ को स्वास्थ्य चौकि भवन प्राङगनमा हुनेछ ।
गायक प्रदिप लामाको गीतको एक अंश









