तिप्लिङ न्यूज
मिति २०७७ मंसिर १२
गण्डकी प्रदेश स्तरिय संस्कृति तथा बोम्बो घेदुङ को प्रथम भेला हुने भएको छ ।
मंसिर १३ गते हुने प्रथम भेलाको सम्पुर्ण तयारि पूरा भईसकेको जानकारि प्राप्त भएको छ ।
पालुङटार नगर पालिका वडा -५ गोर्खामा हुने भेलाको आयजना बौद्ध तामाङ समाजले गरेको हो ।
भेलामा गण्डकी प्रदेशको विभिन्न जिल्लाबाट सहभागि हुने भएको छ । तामाङ घेदुङको संगठन भएको जिल्लाहरु कास्की,लमजुङ, बाग्लुङ, तनहुँ, गोर्खा र नवलपुर प्रत्यक जिल्लाबाट २/२ प्रतिनिधि सहभागी हुने भएको छ ।
भेला बाट गण्डकी प्रदेश स्तरिय नयाँ संस्कृति घेदुङ र बोन्बो घेदुङको कार्यसमिति चयन हुने संस्कृति घेेेेेेेदुङका संघिय सचिव आशिस डुम्जनले जानकारि दिनुभयो ।
खान्दोके सेलो बल्लपो तामाङको हुल उठ्यो ।









