तिप्लिङ न्यूज
मिति २०७६ फागुन २४
पुर्व कानुन मन्त्री शेर बहादुर तामाङले आफ्नो बिहेको १८ औं बर्ष पुगेकोमा आफ्नि श्रीमतिलाई समर्पित गरि कविता लेखेर आफ्नो सामाजिक सन्जालमा पोष्ट गरेका छन ।
हेर्नुस पढ्नुस कविता यस्तो छ ।
तिम्रो चोखो माया बोकी बाँचेको छु म त !
हाँसेको छु सारा जीवन, नाचेको छु म त !!
मेरा जीवन सबै सबै तिमीमा समर्पण !
गरेको छु हृदयलाई तिमीमै अर्पण !!
जीवनका दु:ख सुख संगै बोकी बढ्यौं !
अप्ठ्यारा ती जंघारलाई संगसंगै तर्यौं !!
तिम्रो चोखो माया बोकी बाँचेको छु म त !
हाँसेको छु सारा जीवन, नाचेको छु म त !!
मनभित्र पस्यौ तिमी तनभित्र बस्यौ !
जीवनको दैलो खोली शिखर चुम्न बढ्यौं !!
संघर्षका ती क्षणहरु तिमीलै सरल बनायौ !
श्रृजनाका पाटाहरु तिमीलै आवाद बनायौ !!
तिम्रो चोखो माया बोकी बाँचेको छु म त !
हाँसेको छु सारा जीवन, नाचेको छु म त !!
भिडियि









