तिप्लिङ न्यूज
मिति २०७६ माघ ८ गते भक्तपुर
सुपर डान्सर भक्तपुर सिजन- २ को मेघा अडिसन ठिमीमा रहेको चाणक्य सेकेन्डरी स्कुलमा हालै सम्पन्न भएको छ ।
नृत्य निर्देशक संघ नेपाल भक्तपुर शाखाले आयोजना गरिएको अडिसनमा भक्तपुरका करिब १८ विद्यालयबाट सहभागी बिद्यार्थीहरुले विभिन्न प्रकारका नृत्य प्रस्तुत गरेका थिए । मेघा अडिसन बाट ७४ जना जुनियर (कक्षा १ देखि कक्षा ५) र सिनियर(कक्षा ६ देखि १०) गरि सेमिफाइनलमा पुगेका छन् ।
मेघा अडिसनमा एटु जेट डान्स एकेडेमीका निर्देशक दिवस गिरी र नृत्य निर्देशक संघ नेपाल काठमाडौ क्षेत्र-३ का सचिव देवराज गुरुङ निर्णायक रहेका थिए ।
माघ महिनाभित्रमा फाइनल सकिने आयोजकका सचिव तथा कार्यक्रम संयोजक चुडामणि फुयाँलले जानकारी दिए ।
सोही कार्यक्रममा सल्लाहकार द्वारिका अधिकारी, केन्द्रीय सदस्य ऋषिकेश श्रेष्ठले शुभकामना दिएका थिए ।
भिडियो









