तिप्लिङ न्यूज
०७६ भदौ २५ काठमाडौ
लामो समयको पर्खाइ र प्रतीक्षा पछि तामाङ कथानक चलचित्र म्युङ पुजुको उत्कृष्ट गित युटुब मार्फन एक कार्यक्रमको बिच सार्वजानिक हुने भयको छ ।
`जब माया बुजि´ बोलको चलचित्रको प्रेम गितमा नायक इश्वर लामा पाख्रिन र नायिका सुस्मा मोक्तानको दमदार अभिनय देख्न सकिन्छ ।
विशाल काल्तानको शब्द संगितमा रहेको उक्त गितमा स्वर पनि विशाल काल्तान र जितु लोप्चनको रहेको छ ।
डम्फु मिडियाको ब्यानरमा बनेको हो तामाङ चलचित्र म्युङ पुज । चलचित्रकै निर्देशक अजय स्याङतानलेनै निर्देशन गरेको भिडियोलाई बिक्रम मोक्तानले खिचेका हुन भने भिडियो उत्कृष्टनै बनेको निर्माण पक्षको दाबि रहेको छ ।
सार्वजनिक हुने औपचारिक कार्यक्रम भने भदौ २७ सुक्रबारको दिन काठमाडौंको जोरपाटी स्थित जुबि पेट्रोल पम्पको अगाढि जोरपाटी फेेेेेेेेेेमेलि क्याफे (JFC) मा मध्यान्न १२ बजे हुनेछ ।
तामाङ कथानक चलचित्रमा तीन वटा गितहरु समाबेस गरिएको छ । जब माया बुजि , जकि जकि ए न्होङ्गै र जतिन क्रबा चु सेम ङला बोलको गितहरु चलचित्रमा समाबेस गरिएको छ ।
अब यो गित सार्वजनिक लगतै छिटो भन्दा छिटो जकि जकि र जतिन क्राबा बोलको गितको भिडियो समेत सार्वजानिक गर्ने निर्माण पक्षले जनाएको छ ।
कान्छि माया गोलेको निर्माणमा बनेको तामाङ चलचित्र म्युङ पुजुमा नायक इश्वर लामा , नायक प्रेम गोले , नायिका सुस्मा मोक्तान , नायिका डोल्मा तामाङ, खलनायक वीर बहादुर तामाङ (बिजय) र भुइसाल लामाको प्रमुख भुमिका देख्न सकिन्छ ।
अहिले सम्म बनेको तामाङ चलचित्र भन्दा राम्रो लागानि रहेको म्युङ पुजि उत्कृष्ट तामाङ चलचित्र बन्नेमा समेत ढुक्क छन निर्माण पक्ष ।
असमर्थताका लागि सम्पर्क – इश्वर लामा ९८५१११८७३२, प्रेम गोले ९८५११२५४३६









