तिप्लिङ न्यूज , काठमाण्डौं
विशेष गरि खान्दोके सेलो गायकको रुपमा आफ्नो पहिचान स्थापित गर्दै गरेका गायक आस्मान लोप्चनको नयाँ नेपालि गित ओई मेरि मुन्नि युटुब बाट सार्वजानिक भएको छ |
उत्तम भेटवालको शब्द , रिमेस कुमारको संगित , विसम आचार्यको एरेन्ज र साजन साहको मिक्सिङ मास्टरिङमा गित तयार भएको हो |
गितको भिडियोमा भिम्फेदि गाईज, आस्मान लोप्चन र कोरल थापालाई देख्न सकिन्छ | निर्मल कुमार लामाले निर्देशन गरेको भिडियोमा अतिथि कलाकारको रुपमा मिस तामाङ २०२४ रिया लामालाई पनि देखिन्छ |
भिडियो नगरकोटको होटल मिस्टिक माउण्टेनमा छायांकन गरेको हो | भिडियो निर्माणमा Tamang Complex ईटहरिले केहि सहयोग गरेको बाउछन् | सिन्धुपाल्चोक जिल्लामा जन्मेका गायक आस्मान लोप्चन यतिबेला नेपालि गित संगितमा संघर्ष गरिरहेका छन् | मौलिक गित संगितमा आफ्नो आवाज अलि बढिमात्रामा दिएका गायक आस्मान लोप्चन रचनाकार पनि हुन् | यो भन्दा अगाढि गायक आस्मान लोप्चनले खान्दोके सेलो भाका जाउ हिड लन्डन बजारमा ल्याएका थिए | आफ्ना प्राय सबैजसो गित संगित गायक लोप्चन Click Nepal युटुब बाट सार्वजानकि गरेको पाईन्छ |
भिडियो पनि हेर्नुहोस Oe Meri Munni
जाउ हिड लन्डन भिडियो