तिप्लिङ न्यूज
२०८० माघ ६, काठमाण्डौं

गायक आस्मान लोप्चन र गायिका रोस्न लुङ्बाको स्वरमा रहेको खान्दोके सेलो भाका शैलिको नयाँ गित “जाउ हिड लण्डन” भिडियो सहित सार्वजनिक भएको छ । क्लिक नेपालको युटुब बाट सार्वजानिक भएको गितलाई सबैले राम्रो प्रतिक्रिया दिईरहेको छ । तामाङ सोसाईटि अफ युकेको आयोजनामा भएको ल्होछार सांगितिक कार्यक्रमको क्रममा गायक लोप्चन गत २०२३ को जनवरीमा युके पुगेका थिए । सोहि सांगीतिक कार्यक्रममा बिताएका पलहरुको सम्झना एवं त्यहाँ पाएको मायाको सम्मान स्वरुप यो गित ल्याएको बताउँछन् गायक आस्मान लोप्चन ।

हाम्रो संचार संगको कुराकानीका क्रममा भनेका छन्, “लण्डनको माया भुलि नसक्नुको छ, जुन संधै ताजा रहिहोस् भन्ने उदेश्यले गितको थेगो नै मायाको बन्धन, जाउ हिड लण्डन भनेर राखेको हु” ।

गितको शब्द तथा लय संकलन गायक लोप्चन स्वयमले नै गरेका छन् । गितको एरेन्ज जोगलाल लामा र मिक्सिङ अर्पण थिङको रहेको छ । त्यस्तै भिडियोमा बुद्ध लामा तितुङको निर्देशन, बाबू सेन्चुरीको कोरियोग्राफी, त्रीलोक लामाको छायांकन, सम्पादन रहेको छ ।

भिडियोमा तामाङ मौलिकपनलाई चुस्त दुरुस्त देखाउन निर्माण पक्षले भरपुर कोशिस गरेको देखिन्छ । गितको भिडियोमा तामाङ सोसाइटी अफ युकेका महासचिव मनि तामाङ र उहाँका धर्मपत्नी कला तामाङले पनि अभिनय गरेका छन् भने मुख्य भुमिकामा नायिका सुस्मा मोक्तान र अतिथि कलाकारमा सन्देश तामाङलाई देख्न सकिन्छ । बिशेष गरि मौलिक गितसंगितमा आफुलाई प्रस्तुत गरिरहेका गायक आस्मान लोप्चनका आधादर्जन भन्दा बढि खान्दोके सेलो भाका बजारमा आईसकेको छ ।

बल्लपो तामाङको हुल उठ्यो, वाला वाला रिबन, यार्सालि दोस्ति, झिल्के खुवालि, आगो त बाल्ने , मेजामि तात्बा सलाईला लगायतका खान्देको सेलो गितहरु लोप्चनको आफ्नै लय तथा शब्द संकलन एवम् स्वरमा रहेका गितहरु हुन् ।

भर्खरै सार्वजानिक भएको गितको भिडियो हेर्नुहोस्