तिप्लिङ न्यूज, मिति २०८० भदौं २६ काठमाण्डौं
फुर्लिमा फाउन्डेसनको दोश्रौं बार्षिक उत्सव तथा ग्रेस ईभेन्टसले आफ्नो सातौं बार्षिक उत्सव एकै साथ एकै ठाउँमा शनिवार राजधानीकोलाजिम्पाट स्थित Last Friday Bar and Grill मा मनाएको छ | आवाजको दुनियाको साथी दिनेश डिसीले संचालन गरेको कार्यक्रमभब्यताका साथ सु–सम्पन्न भएको थियो ।
उक्त कार्यक्रमको प्रमुख अतिथि भौतिक पुर्वधार तथा यातायात मन्त्रि माननिय प्रकाश ज्वाला तथा विशिष्ट अतिथि चौतारासागांचौकगढि नगरपालिका का उप–प्रमुख सिता थापा को आतिथ्यमा सु–सम्पन्न भएको थिए ।
ग्रेस ईभेन्टसको सातौं तथा फुर्लिमा फाउन्डेसन को दोश्रौं बार्षिक उत्सव का अवसरमा “फुर्ली स्मृति सप्तरंगी सम्मान २०८०“, फेशन शोतथा सङितिक कार्यक्रम आयोजना गरिएको ग्रेस ईभेन्टसका संचालक सुरज थापाले बताउनु भयो।
ग्रेस ईभेन्टसका कार्यकारी अध्यक्ष तथा फुर्लिमा फाउन्डेसनका संथापक अध्यक्ष मिङ्मा शेर्पाले ग्रेस ईभेन्टसको सातौं बार्षिक उत्सवतथा फुर्लिमा फाउन्डेसन को दोश्रौं बार्षिक उत्सव मनाउन पाउँदा साहै खुसी लागेको बताउनु भयो। उन्ले ग्रेस ईभेन्टसको सात बर्षकोयात्रामा ग्रेस ईभेन्टसलाई साथ, सहयोग तथा सल्लाह दिने सबैमा न्यानो माया व्यक्त गरिन्।
वरिष्ठ संगितकार शम्भुजीत बास्कोटा, वरिष्ठ कलाकार बशुन्धरा भुषाल, अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफर रोजिन शाक्य, गायक महेशकाफ्ले, फिल्मी पत्रकार बर्षा बस्नेत, फुटबल खेलाडी डोना थापा तथा सामाजिक अभियन्ता मुस्कान खातुन जस्ता बिभिन्न बिधाका सातहस्तिहरुलाई “फुर्ली स्मृति सप्तरंगी सम्मान २०८० ” वाट सम्मानित गर्न पाउँदा आफु हर्षित भएको ग्रेस ईभेन्टसका कार्यकारी अध्यक्षतथा फुर्लिमा फाउन्डेसन संथापक अध्यक्ष मिङ्मा शेर्पाले बताईन्।
कार्यक्रममा गायक सपन श्रेष्ठ, प्रिन्स राज, बिज्जु लिम्बु, कलाकार अर्जुन कार्कि, नृत्यांगना बर्षा अधिकारी तथा शोना तामाङ, गायकतथा संगित निर्देशक सन्तोष सहानि, मेकअप आर्त्सित टेक राज पाण्ये लगायत का सेलिब्रेटि अतिथि हरु रहेका थिए भने मेडियाकातर्फबाट राजेन्द्र लुईटेल, सोनित राज ढुङेल, राजिव खत्री, सन्तोष कुमार थापा, देभिल सिङ्ह राजपुत, गीता अधिकारी, शर्मा जि, गायक आस्मान लोप्चान लगायतको उपस्थिति रहेको थियो।
ग्रेस ईभेन्टस मार्फत स्कुल तथा कलेजमा अध्ययनरत छात्र–छात्राहरुलाई लक्षित गरि शिक्षा, मनोरञ्जन खेलकुद र सौन्दर्यको माध्यमवाट उनीहरुको व्यक्तित्व तथा नेतृत्वदायी क्षमता विकास, भाषण कला, अनुशासन, आन्तरिक कला प्रदर्शन र उच्च शिक्षामा भुमिकाखेल्दै वार्षिक रुपमा राजधानी तथा मोफसलमा दर्जनौ सौन्दर्य प्रतियोगिता र अन्य मनोरञ्जात्मक कायक्रमहरु आयोजना गर्दैआइरहेको महासचिव पवन कोईरालाले बताउनु भयो साथै ग्रेस ईभेन्टसको आफ्नो सातौं बार्षिक उत्सवको उपलक्ष्यमा यस वर्ष सातमुख्य कार्यक्रम हरु पनि आयोजना गर्ने बताउनु भयो।
ग्रेस ईभेन्टसको पाचौं बार्षिक उत्सवको अवसरमा ओैपचारिक घोषणा गरिएको फुर्लिमा फाउन्डेसनले महिला तथा समग्र युवाहरुकोआवाज बनी सदैव महिला हिसां, एकल महिला साथै तेस्रो लिङ्गीहरुको समस्या समाधान गर्दै उनीहरुको हकहित र मानव अधिकारकोनिमित्त लड्न सहयोग गर्नुका साथै देशमा भैपरि आउने समयमा जस्तोसुकै समस्यामा साथ र सहयोग गर्दै जनचेतनामुलक कार्यहरु गरिशिक्षा प्रदान गर्ने संस्थाको उद्देश्य रहेको फुर्लिमा फाउन्डेसनका संथापक अध्यक्ष मिङ्मा शेर्पाले बताईन्।
कार्यक्रममा ग्रेस ईभेन्टस वाट बिभिन्न समयमा आयोजित कार्यक्रमका सबै सहयोगी हातहरुलाई सम्मान गर्नुका साथै सातौं बार्षिकउत्सवको उपलक्ष्यमा सात जना मोडेलहरु क्रमश दुर्गा तामाङ, ऋतीका शाह, मुस्कान नेवार, ऋितु कार्की, सुजा श्रेष्ठ, महिमा चौधरी रतासी दोल्कर शेर्पा ले बिभिन्न थिममा फेशन शो प्रस्तुत गरेका थिए भने उक्त शो को कोरियोग्राफी कोरियोग्राफर आर्शु महर्जनले तथाथिम अनुसारको लुगा श्वेताज क्रियशनका संचालक श्वेता मल्ल ठकुरी वाट तयार पारिएको थियो। सम्मान, फेशन शो, गित तथासंगितले भरिपुर्ण उक्त कार्यक्रम सुरु देखि अन्त सम्म रंगिन बनेको थियो ।
धर्म राज पनेरु, बिन्द्र प्रजापती, निमा तामाङ, दिवस राज भट्टराई, सबिन खड्का, एलिना तामाङ, सीमा विष्ट, कुशल श्रेष्ठ, झरना श्रेष्ठ, उषा महर्जन र अंकित मल्ल हरु कार्यक्रमलाई सफल बनाउनका लागि अग्रपङ्ति रहेर कार्यक्रमलाई सफल बनाएका थिए भने उक्तकार्यक्रमको आयोजनाको जिम्मा ग्रेस ईभेन्टसका संचालक सुरज थापा ज्यू ले लिनु भएको थियो।
फुलको गमलामा पानि हालि कार्यक्रमको प्रमुख अतिथि भौतिक पुर्वधार तथा यातायात मन्त्रि माननिय प्रकाश ज्वाला ज्युले सुरु गर्नुभएको कार्यक्रममा ग्रेस ईभेन्टसका संचालक सुरज थापा ज्यु ले सौन्दर्य प्रतियोगिता तथा यस संग आवद्घ सम्पुर्ण क्षेत्रवाट पनि देशलाईविश्व समुदायमाझ चिनाउन सकिने धारणा राख्दै बिशेष अतिथि चौतारा सागांचौकगढि नगरपालिका का उप–प्रमुख सिता थापा ज्यू वाटकार्यक्रमको समापन गरिएको थियो ।