तिप्लिङ न्यूज || मिति २०८० भदौं २६ गते ,काठमाण्डौं
लामो समयदेखी प्रदर्शनको पर्खाइमा रहेको तामाङ कथानक चलचित्र ”ङिङ्जे” यहि असोज १ गते राष्ट्रिय नाचघर जमलमा विशेषप्रदर्शन हुने भएको छ |
डम्फु मिडियाको ब्यानरमा बनेको चलचित्र ङिङ्जे अमिर दोङले निर्देशन गरेको हो | तामाङ भाषाको चलचित्र ”ङिङ्जे” एक विशुद्धसामाजिक एवम् पारिवारीक चलचित्र रहेको निर्माण पक्षले जनाएको छ । रितुराज पाख्रिनको कथा तथा पटकथा रहेको चलचित्रालाई बिक्रम मोक्तानले खिचेका हुन भने त्रिलोक लामाले रंग संयोजन गरेको छ |
तामाङ कथानक चलचित्र डिङ्जेको अफिसियल ट्रेलर र चलचित्र भित्र समावेश गरिएका २ वटा गीतको भिडियो समेत सार्वजनिक गरिसकेको छ ।
विशेष गरि तामाङ भाषा, धर्म, सस्कार, सस्कृति प्रति बढी प्राथमिक्ता दिएर निर्माण गरेको चलचित्र ङिङ्जे असोज १ गते राष्ट्रिय नाच घर जमलमा प्रदर्शन हुने भयको छ ।
धेरै समय पछि राम्रो तामाङ चलचित्र बनेको दाबि गर्दै सबै तामाङ दाजु भाइ दिदि बहिनि आमा बुबा सम्पुर्ण दर्शकहरुमा चलचित्र हेरिदिन निर्माण पक्षले अनुरोध समेत गरेको छ |
Tamang Movie Trailer Ngingje