तिप्लिङ न्यूज

मिति २०८० भदौं २३, काठमाण्डौ,

नेपाल तामाङ कलाकार सङ्घको अध्यक्षमा विशाल काल्तान चुनिएका छन्

शनिवार सङ्घको १६ औँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशनबाट अध्यक्ष काल्तानसहित २१ सदस्यीय नयाँ कार्यसमितिचुनिएका हुन्

सङ्घको वरिष्ठ उपाध्यक्षमा रोशन फ्युबाउपाध्यक्षमा सुवास मोक्तानमहासचिवमा खेम मोक्तानसचिवमा निर्मला घिसिङ कोषाध्यक्षमा योगेश लामा सर्वसम्मत चयन भएका हुन्

यस्तै सदस्यहरू बुद्ध लामारेश्मा बमजनजितु लोप्चनआस्मान लोप्चनजीवन बोम्जनलक्ष्मी स्याङ्तानअन्जु थोकरमीन योन्जनबसन्ती लामाअनिता गोलेसुमिना लोप्रदीप लामा ,मिलन थिङ पराङ,  स्मारिका थिङ तामाङ चयन भएका छन्

तामाङ कलाकारहरूको एकता, व्यावसायिकता बनाउने समग्र तामाङ कलाकारहरूको हकहितको निमित्त २०६२ सालमा दर्ता तामाङकलकारहरूको अभिन्न अङ्गको रूपमा स्थापित छन् सङ्घ गठनको मुख्य उद्देश्य तामाङ कलकारलाई व्यवसायीका बनाउने, प्रकाशनमा आएका तामाङ गीतसङ्गीतको सङ्कलन तथा अभिलेखीकरण गर्ने तामाङ सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्ने रहेका छन् यसैअनुरूप गृहकार्य भइरहेका छन्

तामाङ गीतसङ्गीतको प्रवर्द्धन, संस्कार संस्कृतिको जगेर्नासँगै समुदायमा आपतविपतको बेला समेत सहयोगी संस्थाको रूपमा खडाभएको

संस्थामा करिब सयको हराहरीमा सदस्यहरू आबद्ध छन्

भिडियो पनि हेर्नुस