तिप्लिङ न्यूज, सिन्धुपाल्चोक
फुर्लिमा फाउन्डेसन ले आफनो बार्षिक उत्सव मनाउने क्रममा सिन्धुपाल्चोक जिल्ला, जुगल गाउँपालिका ६ याङ्गलाकोट स्थित श्रीजलदेवी माध्यमिक विद्यालयलाइ खेलकुद सामाग्री बितरण गरेको छ ।
आफ्नो दिबंगत आमा प्रति श्रध्दाञ्जलि स्वरूप स्थापित यो संस्थाले बाल बालिकाहरुको सर्वाङ्गीण विकास, नेतृत्व क्षमता विकासएवमं समाजयोग्य चरित्रवान तथा नैतिकवान युवा तय गर्ने कुरा फुर्लिमा फाउन्डेसनका अध्यक्ष मिङ्मा शेर्पा बताउनु हुन्छ ।
यो कार्यक्रम स्थानियलाई प्रोत्साहन गर्न तथा उनिहरुको क्षमता विकासमा सहयोग पुराउने लक्ष्यको साथ सम्पन भएको स्थानियव्यक्तिहरु बताउँछन् ।
खेलकद सामग्रि बितरण कार्यक्रममा श्री जलदेवी मा बि का प्रधानाध्यापक तथा कार्यक्रमका सभापति श्री धन राज तामाङले खेलकुदसामग्रिले बिद्यार्थीमा नयाँ उर्जा थपिने तथ बाल बालिकाहरुको खेल प्रति दक्ष्यता बृद्धि हुने कुरा राख्नु भयो |
कार्यक्रममा बिभिन्न प्रकारका खेलकुद सामग्रिहरु जस्तै टेबल टेनिस बोर्ड, टेबलटेनिस ब्याट र बल, भलिबल, भलिबल नेट, आदि सामग्रिबितरण गरिएको थियो |
यस कार्यक्रमको आधारमा फुर्लिमा फाउन्डेसनले विद्यार्थीहरुको खेलकुड चेतनामा उनिहरुलाई आवश्याक सामग्रि प्रदान गर्दै आगमीदिनहरुमा उनिहरुको क्षमता विकास मा महत्वपूर्ण भूमिका निभाउने योजना बनाएको फुर्लिमा फाउन्डेसनका अध्यक्ष मिङ्मा शेर्पा बताउनुहुन्छ ।
यस कार्यक्रममा भाग लिने सबै व्यक्तिहरुलाई उनिहरुको सामर्थ्य विकासमा महत्वपूर्ण योगदान प्रदान गर्ने फुर्लीमा फाउन्डेसनको प्रयासलाई सरहना गरिन्छ ।
भिडियो पनि हेर्नुहोस |