तिप्लिङ न्यूज
मिति २०८० भदौं ११ काठमाण्डौ
हङकङ तामाङ घेदुङको आयोजनामा डम्फु सांझ २०२३ हुने भएको छ | यहि २०२३ सेप्टेम्बरको ३ तारिखमा हुने डम्फु सांझका लागिनेपाल बाट चर्चित गायक गायिकाहरु हङकङ जान लागेको हो |
सेलो गित संगितका चर्चित गायक एवम संगितकार विशाल काल्तान सहित अन्य ३ गायक गायिका हङकङमा जाने भएको छ | विशालसंगै गायक उर्गेन दोङ, गायिका जितु लोप्चन र गायिका दुर्गा गुरुङ हङकङ जान लागिएको हो |
हङक तामाङ घेदुङको आङि समुह सह आयोजक रहेको कार्यक्रमको भव्य तयारि अन्तिम चरणमा पुगिसकेको छ | हङकङमा रहेका सबैडम्फुप्रेमि तामाङ सेलो गित प्रेमिहरुलाई कार्यक्रममा उपस्थित हुन हङकङ तामाङ घेदुङ र हङकङ तामाङ घेदुङका आङि समुहले विशेषअनुरोध समेत गरेको छ |
नेपाल तामाङ कलाकार संघका उपाध्यक्ष समेत रहेका गायक तथा संगितकार विशाल काल्तानको सेलो गित संगितमा दर्जनौं गितहरुचर्चित छन् | गादे जेबा जामेकोला छार्जिम होई, नक्कलि कान्छिला सक्कलि सेम्, मादलै बज्यो झ्याउरेको धुन , कानैमा सुन दिउला, हातैमा डम्फु, नाचौं डल्केर , म त गाउछुनि सेलोमा जस्ता गितहरु विशालका चर्चित गितहरु हुन् |
मकै त भुट्यो फुल उठ्यो , बल्लपो तामाङको हुल उठ्यो |