तिप्लिङ न्यूज
मिति २०८० साउन ७ गते
काठमाण्डौं
प्रथम एनडिए नृत्य निर्देशक अवार्ड–२०८० आयोजना हुने भएको छ । नेशनल डाइनामिक आर्ट्स प्रा.ली. को आयोजनामा हुन गैरेहेको यस अवार्डको शनिवार पत्रकार सम्मेलन गरि जानकारी कार्यक्रमको घोषणा गरेको हो ।
नेपाल कै पहिलो रङ्गमञ्च(स्टेज) को नृत्य निर्देशक हरुको लागि यस अवार्ड कार्यक्रम आयोजना गरिएको आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो । करिव ३ दर्जन भन्दा बढी चलनचल्तीमा रहेको लोक नृत्यको बिधालाइ समेटेर योे कार्यक्रम आयोजना गरिएको हो । नेपाल भरका नृत्य निर्देशकहरुको उल्लेखनिय सहभागीता हुने यस अवार्ड कार्यक्रमलाई नृत्य निर्देशक संघ नेपालका विभिन्न कमिटीहरुले समन्वय गरिने भएको छ ।
कोशी प्रदेशको झापा, मोरङ र सुनसरी त्यसै गरि लुम्बिनी प्रदेश भित्र नृत्य निर्देशक संघ लुम्बिनी प्रदेश कमिटी लगायतका जिल्ला, नगर कमिटी नृत्य निर्देशक संघ नेपाल गण्डकी प्रदेश कमिटी, नृत्य निर्देशक संघ नेपाल भक्तपुर, ललितपुर, काठमाडौं जिल्ला कमिटी, काभ्रे बनेपा जिल्ला कमिटी, डि–डान गोकर्णेस्वर नगर कमिटी, तार्केस्वर नगर कमिटी, चन्द्रागिरी नगर कमिटी, अमर कला केन्द्र कालिमाटी, शिखर छाहारी सास्कृतिक कला केन्द्र बेसिगाउ, फ्रेण्डशिप डान्स स्टुडियो जोरपाटी, एनडिए कार्यलय कपन जस्ता विभिन्न स्थानमा फारम उपलब्ध हुने जानकारी पनि आयोजक संस्थाको अध्यक्ष देवराज गुरुङले बताउनुभयो ।
पत्रकार सम्मेलनमा डिडान केन्द्रिय सह–कोषाध्यक्ष केशव कोइराला, भक्तपुर जिल्ला अध्यक्ष चुडामणी फुयाल, ललितपुर जिल्ला अध्यक्ष प्रदिप रमण सिं डङ्गोल, चन्द्रागिरी नगर कमिटी अध्यक्ष कृष्ण राना, गोकर्णेस्वर नगर कमिटी अध्यक्ष बाबू सेन्चुरी, काठमाडौं जिल्ला का.वा. अध्यक्ष महेश थापा लगायत दर्जनौ नृत्य निर्देशक सहभागी भएको थिए ।
पत्रकार सम्मेलनमा आवेदन फारम, अवार्डको डिजाइन र प्रचार प्रसारको पहिलो प्रती सार्वजनिक गरिएको थियो। कुनै पनि नृत्य निर्देशकले स्टेजमा गराएको कोरियोग्राफी भिडियो आयोजकलाइ पठाई यस अवार्ड कार्यक्रममा सहभागी हुन सकिने छ । र अवार्ड को लागि बिधा तथा नियमहरु निम्नअनुसार रहेको छ।
अवार्डका बिधाहरु
१) सतार
२) धिमाल
३) केलाङ
४) च्याब्रुङ
५) खालो
६) झिझीया
७) सामाचखेवा
८) झुम्रा
९) जटजटिन
१०) भोजपुरी
११) मारुनी
१२) साकेला
१३) तामाङ सेलो
१४) नेवारी
१५) झागड
१६) लाखे
१७) लठुवा
१८) थारु
१९) तिज
२०) सोरठी
२१) मयुर
२२) सरङ्गे
२३) कौरा
२४) घाटु
२५) सालैजो
२६) ठाडोभाका
२७) झ्याउरे
२८) टप्पा
२९) शेब्रु
३०) देउतडा
३१) हुड्को
३२) छलिया
३३) भुवा
३४) अन्य ………
अवार्डका नियमहरु
१) २०७९ चैत्र ३० गते भित्र प्रस्तुत् गरिएको
नृत्य हुनु पर्नेछ ।
२) नृत्यको प्रस्तुती सामुहिकमा ४ वा सो भन्दा
बढीको संख्यामा हुनुपर्नेछ ।
३) फाराम दर्ता शुल्क रु १,०००÷– लाग्नेछ।
४) अवार्डमा भाग लिनका लागी नृत्य प्रस्तुत
गरिएको भिडियो हुनुपर्नेछ।
५) अवार्डका नितीनियम आयोजक कमिटीले
निर्धारण गरे बमोजिम हुनेछ ।
६) जुरी निर्णायकको निर्णय नै अन्तिम निर्णय
हुनेछ ।
७) भोटिङबाट आएको अंकलाई ४० प्रतिशत
मान्यता दिईनेछ ।
भिडियो पनि हेर्नुहोस्