तिप्लिङ न्यूज
मिति २०८० असार ३१ गते
काठमाण्डौं
प्रादेशिक प्रतिभा पुरस्कारबाट नृत्य निर्देशक भुवन दास श्रेष्ठ सम्मानित भएको छ । नेपाल सरकार संस्किृति,पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले यो सम्मान गरेको हो ।
शुक्रबार कमलादी स्थित प्रज्ञा भवनमा आयोजित उक्त कार्यक्रममा बाग्मती प्रदेशबाट प्रादेशिक प्रतिभा पुरस्कार–२०७९ बाट श्रेष्ठलाई सम्मान गरिएको हो । संस्किृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातिको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा ९ बिधामा ४७ जना स्रष्ठाहरुलाई सम्मान गरिएको हो । रु ५०००० पचास हजार नगद राशी सहीतको उक्त सम्मानमा लुम्ब्निनी प्रदेशबाट नृत्य निर्देशक जोगेन्द्र केसी लाई सम्मान गरिएको थियो ।
बरीष्ठ नृत्य निर्देशक श्रेष्ठ नृत्य निर्देशक संघ नेपालका केन्द्रिय अध्यक्ष समेत रही बिगत ४ दशक लामो समय नृत्य क्षेत्रमा अनवरत रुपमा काम गर्दै आउनुभएको छ । कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथी सुदन किरातिले हाम्रो समाज र देशलाई बिकास गर्नका निमित्त संस्किृति अपरिहार्य रहेको बताउनु भयो । हाम्रो समाजमा अहिले कु–संस्किृतिले जरा गाडेको र त्यसैको फलस्वरुप भ्रष्ट्राचार मौलाएको बताउनुभयो ।
कार्यक्रम पश्चात पत्रकारहरु सङ्गको अन्तरकृयामा बोल्नुहुँदै श्रेष्ठले यो सम्मान नृत्य क्षेत्र कै अविस्मरणिय क्षण र सम्मान रहेको बताउनुभयो । साथै यो सम्मानले निकै हार्षित पनि भएको र अझै नृत्य क्षेत्रमा केही गर्ने मनोबल बढाएको उहाले बताउनुभयो। पत्रकार हरु सङ्गै बोल्नुहुद्दै अर्का सम्मानित ब्यक्ती जोगेन्द्र केसीले पनि सम्मान आँफैमा उर्जासिल र आफ्नो क्षेत्रमा अझै केही गर्नु पर्छ भन्ने हौसला प्रदान गरेको बताउनुभयो ।
भिडियो पनि हेर्नुहोस ।
https://www.youtube.com/watch?v=eQVn-H7e4U0