तिप्लिङ न्यूज

मिति २०८० असार ५ गते काठमाण्डौं

सिन्धुपाल्चोक तामाङ समाज युएई गठन भएको महिना नबित्दै दुखि अनि गरिबको मलम बनेको छ | सिन्धुपाल्चोक समाजले गरिब परिवारका दुई फरक फरक बिरामिलाई नेपालि ५३ हजार रुपैंया सहयोग गरेका छन |

समाजका पदाधिकारि सदस्य एवम सल्लाहकारहरु बाट संकलन गरेको रकम आज हस्तान्तरण गरेको हो | सिन्धुपाल्चोक तामाङ समाज प्रवास शाखा युएईका अध्यक्ष राजु नगरकोटि तामाङको संयोजकत्वमा संकलन भएको रकम सिन्धुपाल्चोक तामाङ समाजका पदाधिकारि एवम सदस्यहरुले बिरामिलाई भेटेरनै उपलब्ध गराएका छन |

त्रिभुवन शिक्षण अस्पताल टिचिङमा कानका समस्याका कारण उपचारत सिन्धुपाल्चोक जिल्ला पाँचपोखरि थाङपाल गाउँ पालिका वडा नम्बर ३ भोताङ मजुवाका पासाङ तामाङलाई आर्थिक अभावका कारण उपचारमा समस्या भएकोले नेपालि २३ हजार रुपैंया सहयोग हस्तान्तरण गरेको हो |

त्यस्तै अर्को दुबै मृगौंलामा समस्या भएको र बिर अस्पतालमा निरन्तर डाईलेसिस गरिरहेका बिरामि सिन्धुपाल्चोक मेलम्चि नगरपालिका वडा नम्बर ११ कटुन्जेका सल बहादुर तामाङलाई समेत आर्थिक अभावकै कारण उपचार गर्न कठिन भईरहेको अबस्थामा नेपालि ३० हजार सहयोग हस्तान्तरण गरको छ |

सिन्धुपाल्चोक तामाङ समाज युएईको यो प्रशंसनीय कार्य हो | दुबाई युएईबाट प्राप्त सहयोग रकम हस्तान्तरण गर्न सिन्धुपाल्चोक तामाङ समाजका केन्द्रिय उपाध्यक्ष प्रदिप लामा , सचिव आस्मान लोप्चन , सदस्य अदिप बाबु र सदस्य अनिल स्याङ्बो आफै पुगेका थिए ।

बिरामि सहयोग गर्न चाहानुहुन्छ भने तपाईहरुले पनि सहयोग गर्न सक्नुहुने छ | सम्पर्कका लागि दुबै मृगौलामा समस्या भएका सल बहादुर तामाङका काका ज्ञान सिङ तामाङ ९८४१०१९१३२ मा फोन कल अथवा उहाँको बैंक खातामा सिदै सहयोग पठाउन सक्नुहुनेछ…

बैंक :हिमालयन बैंक लिमिटेड

१,नाम : Gyan Singh Tamang (बिरामीको काका) खाता नम्बर : 31052067970018 सम्पर्क नम्बर :9841019132

२, नाम : Gyan Sing Tamang बैंक : Jyoti Bikash Bank ज्योति बिकास बैंक खाता नम्बर : 00101400004983000001

सयोग रकम

पेमा लामा = 50 || छिरिङ थोकार = 20 || अनिता तामाङ = 20 || जमुना तामाङ = 25 || सबिना तामाङ = 25 ||सम्झना थिङ = 25 || सुनिल तितुङ = 25 || सुमन तामाङ = 105 || अ्मृत तामाङ = 55 || समिर वाईबा = 55 ||  सेर्कि स्यङ्बो = 50 || लोप्साङ तामाङ = 50 || पिङ्कि तामाङ = 50 || डोल्मा लामा = 50 || उसा तामाङ = 20 || बिपिन बोम्जन = 111 || राजु नगरकोटि तामाङ =201 || कर्म तामाङ = 20 || बिरे गोले = 20 || पल्मो गोले = 20 || मिरा पख्रेन = 40 || सङ्गिता गोले = 20 || सरिता तामाङ = 20 || दावा डोल्मा लामा = 105 || खिला स्यङ्बो = 100 || बसन्ता तामाङ = 50 || दिपक बोम्जन = 50 || प्रकाश योन्जन = 50 || च्याङ्माई लोप्चन = 50 || सानुमाया लोप्चन = 20 || उर्मिला लामा = 20 ||

भिडियो पनि हेर्नुहोस्