तिप्लिङ न्यूज
मिति २०८० जेष्ठ ३ गते
काठमाण्डौं

ठट्यौली तर यथार्थ जीवन कहानीमा आधारित गायक रिजन थिङ र जितु लोप्चनको स्वरमा रहेको तामाङ सेलो गीत ‘जेठिला माया आम्लोङ ताजी’ भिडियो सहित सार्वजनिक भएको छ । मंगलबार पत्रकार सम्मेलन गरि रिपु योञ्जन अफिसियल युटुब च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

जोरपाटी स्थित ‘द स्हेनोर हाउस’मा सम्पन्न पत्रकार सम्मेलन तथा ‘जेठिला माया आम्लोङ ताजी’को भिडियो सार्वजनिक कार्यक्रमका अध्यक्षता तामाङ चलचित्रका महानायक अमिर दोङले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि नेपाल तामाङ कलाकार संघका अध्यक्ष एवम् गायक,संगीतकार विश्व दोङ रहेका थिए ।

त्यसै गरि अतिथिहरुमा नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोकका अध्यक्ष थुप्तेन ग्याल्बो मोक्तान, नायिका एवम् मिस तामाङका सि.इ.ओ. रन्जिता ब्लोन, महिला बालबालिका तथा बैदेशिक रोजगार उद्धार नेपालका जनसम्पर्क विभाग प्रमुख फुर्बादोर्जे मोक्तान, नेपाल तामाङ पत्रकार संघका केन्द्रिय सदस्य मिलन कुमार लामा, संगितकार शुभ लाल तामाङ, गायक तथा संगीतकार सानुबाबु घिसिङ गायक आस्मान लोप्चन, गायक अशोक लामा, लगायत अन्य थुप्रै कलाकार, गीतसंगीत प्रेमी महानुभावहरुका साथै विभिन्न व्यवसायी तथा राजनैतिक व्यक्तित्वहरुको समेत उपस्थिति रहेका थिए ।

मंगलबार सार्वजनिक गरिएको उक्त गीतको शब्द रचनाकार बिर बा.गोङ्बो रहेको छ भने संगीत रिजन थिङको रहेको छ । संगित संयोजन र ध्वनि सम्पादन संयोजन भने अर्पण थिङले गरेका हुन् ।

भिडियो तर्फ अमिर दोङको निर्देशन तथा हेरुका लामा बलको कोरियोग्राफी रहेको छ । भिडियोको मुख्य भुमिकामा तामाङ चलचित्रका महानायक अमिर दोङको साथमा नव मोडल अम्बालिका तामाङ रहेका छन् । अतिथि कलाकारहरुमा हाँस्यकलाकार कुईसाङ रुम्बा, नायीका कृष्मा वाईबा, लुप्सि तामाङ जिवन बाईबा र छेडुप तामाङ रहेका छन् । भिडियोको छायांकन, दृश्य सम्पादन, रंग संयोजन र ड्रोन अपरेटरको कार्य त्रिलोक लामाले गरेका हुन् । श्रृङगार भने रेशम लामा गरेको हो ।

गायक तथा संगीतकार रिजन थिङले ‘जेठिला माया आम्लोङ ताजी’ गीतको शिर्षक हेर्दा र गीत सुन्दा ठट्यौली पाराको रहेपनि वास्तबमा यो गीत वास्तबिक जीवन कहानीमा आधारित कथाबस्तुमा बनेको बताए ।

भिडियो पनि हेर्नुहोस्

यो पनि हेर्नुहोस्