तिप्लिङ न्यूज
मिति २०८० जेष्ठ ३ गते
युएई
वैदेशिक रोजगार तथा व्यवसायको सिलसिलामा युएईलाई कर्म थलो बनाएर बस्नुहुने सिन्धुपाल्चोकबासी तामाङ दाजुभाइ तथा दिदिबहिनीहरुको गएको शनिबार बसेको बृहत् भेलाले सिन्धुपाल्चोक तामाङ समाज युएई गठन गरेको छ ।
भेलाले सिन्धुपाल्चोक तामाङ समाज युएईको अध्यक्षमा राजु नगरकोटी तामाङलाई निर्विरोध अध्यक्षमा चयन गरेको छ । समाजको तदर्थ समितिमा वरिष्ठ उपाध्यक्ष सुनिल तितुङ,उपाध्यक्ष लोप्साङ स्याङबो,महासचिव अमृत तामाङ,सचिव संजय लामा,सहसचिव सम्झना थिङ,कोषाध्यक्ष दावा डोल्मा लामा,सहकोषाध्यक्ष समीर वाईबा,महिला प्रमुख च्याङमाई लोप्चन,सदस्यहरु क्रमशः– बिपिन बम्जन, अग्नि बम्जन, अनिता तामाङ, राम तामाङ, अनिल तामाङ, जमुना तामाङ, बसन्त लामा, सन्जे लोप्चन, रन्जिता स्याङतान, मिङमार लामा र वरिष्ठ सल्लाहकार खिलाबहादुर स्याङबो,सल्लाहकारमा सुमन तामाङलाई निर्विरोध चयन गरेका छन् ।
बिशेष गरि सिन्धुपाल्चोकका तामाङहरुलाई एकिकृत गर्नका लागि सिन्धुपाल्चोक तामाङ समाज युएईको गठन भएको हो । समाजले बैदेशिक रोजगारमा युएईमा रहेका सबै सिन्धुपाल्चोकका तामाङहरुलाई समाजमा आबद्घ हुन समेत अनुरोध गरेको छ । एकतामानै सबैभन्दा ठुलो बल हुने भन्दै समाजका अध्यक्ष राजु नगरकोटि तामाङले समाजमा रहेर मिल्न सके सबैलाई एकअर्कामा सहयोग हुने बताउनु भयो ।
मकै त भुट्यो फुल उठ्यो , बल्लपो तामाङको हुल उठ्यो