तिप्लिङ न्यूज
मिति २०८० बैशाख ३१ गते
काठमाण्डौं
दशकौं देखि नृत्य क्षेत्रमा काम गरिरहेका मोडल,निर्देशक एवम् नृत्य प्रशिक्षक युद्ध लामा ब्लोनले आफ्नै स्वरमा गित रेकर्ड गराएका छन् । युद्ध लामा ब्लोनले गाएको गितलाई गायक एवम् शब्द रचनाकार आस्मान लोप्चनले लेखेका हुन् । संगितकार बिशाल काल्तानले संगित गरेको गितको संगित संयोजन र ध्वनि सम्पादन कर्साङ लामाले गरेको हो । युद्ध लामा ब्लोनलाई यस गितमा सुमधुर स्वर दिएर गायिका जितु लोप्चनले साथ दिएकि छिन् ।
पारिजात रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको तामाङ सेलो गित तामाङ पारासे बोलको गितको भिडियो सहित बुद्धलिङ मिडिया प्रोडक्सन् बाट सार्वजानिक भएको छ ।
भिडियोमा युद्ध लामा ब्लोन र डोमा लामाको दमदार नृत्य देख्न सकिन्छ । सियोन श्रेष्ठले निर्देशन गरेको भिडियोलाई चक्र बहादुर बरालले खिचेका हुन भने टेकेन्द्र शाहाले सम्पादन एवम् रंग संयोजन गरेका छन् ।
केहि नयां र केहि आधुनिक शैलिमा निर्माण भएको भिडियोलाई धेरैले मनपराई रहेका छन् । भिडियोमा लगाईएको पोशाकको बिषयमा भने केहिले आपति जनाईरहेको छ । गितमा तामाङ पाराले भने पनि पोशाक भने तामाङ पाराको नरहेको टिकाटिप्पनि आईरहेको छ । गितको भने सबैले खुलेरै प्रशंसा गरिरहेका छन् ।
काभ्रे जिल्लाको चौंरि देउरालि गाउंपालिका वडा ०७ हर्दनमा जन्मेका युद्ध लामा ब्लोन एक मेहेनति कलाकार हुन् । नृत्य प्रशिक्षक युद्धको आफ्नै नृत्य प्रशिक्षण केद्र समेत छ । बुद्धलिङ कलाकेद्रमा विहाना बेलुका नृत्य प्रशिक्षण गराउने युद्ध विभिन्न विद्मालयमा पनि नृत्य प्रशिक्षण गराउछन् । नाचेर नचाएर जिवन चल्छ ? भनेर हामिले गरेको प्रश्नमा , मेहेनत गरे सबै क्षेत्रमा जिवन चल्ने बताउनु भयो तर कलाकारिता जगतमा जिवन चल्ने मात्र नभई सम्मानजनक जिवन चल्ने र चलेकोमा आफु आफ्नो पेशा प्रति गौरब गर्ने गरेको बताउनु भयो ।
भिडियो हेर्नुहोस
यो पनि हेनुहोस