तिप्लिङ न्यूज
मिति २०८० बैशाख २९ गते
काठमाण्डौं

गायक प्रेम योन्जन तामाङको अक्कले म्हेमकी नक्कले कोन तामाङ खान्दोके गीतको म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ  । छायांकन सम्पन्न भएको गितको भिडियो यहि जेष्ठ १ गतेको दिन सार्वजानिक हुने भएको छ ।

प्रेम योन्जन तामाङको अक्कले म्हेमकी नक्कले कोन तामाङ खान्दोके गीत ठट्यौली पाराको जुहारि गित हो । अक्कले म्हेमेको नाममा रचना गरेको गितलाई टिकटकमा धेरैले मन पराएका छन् । । उक्त गीतको शब्द तथा लय संकलन प्रेम योन्जनलेनै गरेका हुन् ।

प्रेम योन्जनलाई गायिका सुमिना लोले स्वर दिएर साथ दिएका छन् । गितमा संगित संयोजन एवम् ध्वनि सम्पादम सानुबाबु घिसिङले गरेका हुन् भने भिडियो निर्देशन नायक अमिर दोङले गरेको हो ।

भिडियोमा कोरियोग्राफर र ड्रोन पाईलटको भुमिका हेरुका लामाको रहेको छ । त्रिलोक लामाले खिचेको भिडियोलाई सम्पादन र रंग संयोजन पनि त्रिलोकलेनै गरेको हो ।

भिडियोमा मुख्य भूमिकामा नायक अमिर दोङ , याङ्की दोङ, निर्मला मोक्तान , रियासा घिसिङ , योन्जन जि .बी , अमिर लोप्चन, श्याम काजी तामाङ हास्या कलाकार कर्मा गोलेलाई देख्न सकिन्छ । गायक प्रेम योन्जन तामाङले यस अघि छोडपत्र , याङलाकोटको गोले स्या नाना बोलको गीत बजारमा ल्याइसकेको छन् ।

 

यो भिडियो पनि हेर्नुहोस