तिप्लिङ न्यूज
मिति २०८० बैशाख १८ गते
काठमाण्डौं, आस्मान लोप्चन
गायक निमा पाख्रीनको नयां नेपालि सेलो गित हिमालि खर्क भिडियो सहित बजारमा आएको छ । दोलखा जिल्लाको पर्यटकिय क्षेत्र कालिन्चोक आसपासमा छायांकन गरेको भिडियोलाई गायक निमा पाख्रिनकै अफिसियल युटुब बाट सार्वजानिक गरेको हो ।
जोग लाल लामाको शब्द,संगित र संगित संयोजनमा तयार भएको गितलाई दिपेश प्रधानले ध्वनि सम्पादन गरेका छन् । भिडियोमा गायक निमा स्वयंम र कलाकार अस्मिता तामाङको नृत्य एवम् अभिनय देख्न सकिन्छ ।
कृष्ण ब्लोनले निर्देशन सम्पादन र रंग संयोजन गरेको भिडियोलाई सरसर्ति हेर्ने हो भने भिडियो राम्रै बनेको छ । सिन्धुपाल्चोक जिल्लामा जन्मेका गायक निमा पाख्रिको गित संगितको यात्रा धेरै बर्ष भईसकेको छ । भर्खरै मात्र सार्वजानिक गरेको गित भने निकै समय पछि बजारमा आएको हो ।
हामिले गायक निमा पाख्रिनलाई गित बजारमा ल्याउन ढिला हुनुको कारण सोध्दै गर्दा उहा“ भन्नुहुन्छ “यो बिचमा मलाई स्वास्थ्यमा गम्भिर प्रकृतिको समस्या आयो त्यति बेला लाग्थ्यो अब सायद कहिले गित गाउन सक्दिन होला , तर भाग्यले भनौं या खै केले हो अहिले थोर बहुत गाउन सक्ने भएको छु तर पनि अझै गाउन असहज हुन्छ” । त्यस्तो के भएको थियो भनेर हामिले गरेको थप प्रश्नमा गायक निमा थप्नुुहुन्छ “खास मलाई उच्च रक्तचापका कारण ब्लड प्रेसर स्ट्रोक भएको थियो त्यति बेला न म बोल्न सक्थे न हिड्न, एक तर्फको हात खुट्टानै चल्दैनथ्यो ” त्यसैले बजारमा गित ल्याउन अलि ढिला भयो । स्वास चलुन्जेल शरिरले सकुन्जेल गित गाउछु भन्ने छ मनमा तर खै हेर्दै जाउ । उहां अन्तिममा थप्नुहुन्छ आफ्नो स्वास्थ्यको सबैले ख्याल गर्नुहोला स्वास्थ्य बिना जिन्दगि केहि होईन रहेनछ ।
गायक निमाको गित संगित प्रतिको यो माया र लगाबलाई हेर्ने हो भने एकदिन सोचे भन्दा बढि सफल्ता पाउनेछ र हाम्रो शुभकामना पनि यहि छ कि उहांलाई सोचेभन्दा राम्रो सफल्ताम मिलोस ।
भिडियो पनि हेर्नुहोस
यो पनि हेर्नुहोस खाल्दा निबारि