तिप्लिङ न्यूज ,मिति २०७९ चैत १० गते काठमाडौं

सेलो गित संगित भित्रको मौलिक सेलो डम्फुको भाकामा बोलको गित बजारमा आएको छ | Click Nepal युटुब बाट सार्वजनिक भएको गित गायक पवन राज स्याङबो र बरिष्ठ गायिका इन्दिरा गोलेको स्वरमा रहेको छ | दोर्जे मोक्तानको शब्दमा रहेको गितको संगित भने अमृत लामाले गरेको हो |

तामाङ रिमठीम विवहाको सन्दर्भमा तयार पारेको गितको संगित संयोजन एवम ध्वनि सम्पादन सानुबाबु घिसिङले गरेका छन् | तामाङ संस्कार अनुसारको विवहा चारदाम डम्फुरे सबै देखाईएको भिडियोलाई नायाक अमिर दोङले निर्देशन गरेका हुन | कृष्ण ब्लोन र रेशम स्याउलिले खिचेका भिडियोमा नायक अमिर दोङ, हेरुका लामा, हिम सागर दोङ, याङ्गि दोङ, सस्मिता मोक्तान र निर्मला मोक्तानको अभिनय देख्न सकिन्छ | भिडियोको छायांकन भने गायक पवनको आफ्नै जन्मभुमि बाङ्थलि र दोलखामा गरेको हो ।

भिडयोको सम्पादन एवम रंग संयोजन समेत कृष्ण व्लोनले गरेको हो | मौलिक गितको भिडियोले जति दर्शक पाउनु पर्ने हो त्यति भने पक्कै नपाएकै हो | अहिले हिमहफ,र्याप र आधुनिक उताउलो गितको बजार भएको बेला भएकै कारण मौलिक गितले कम दर्शक पाएको हुनसक्छ | मौलिक सेलो गितले बिस्तारै दर्शक पाउनेमा निर्माण पक्ष ढुक्क छन् |

गायक पवन राज स्याङबो भन्नु हुन्छ `मौलिक गित भनेको पहिचान हो, पहिचान बिना कुनै पनि कुराको अस्तित्व हुदैन र यो कुरालाई दर्शक स्रोताले ढिलो चाँडो अबस्से बुझ्ने छन् ´ |

काभ्रे जिल्लाको चौंरिदेउरालि गाउँ पालिका वडा १ बाङथलिमा बुबा माईला लामा र आमा माईलि लामाको साईलो छोराको रुपमजन्मेका पवन गित संगितमा निरन्तरता दिने प्रयास गरिरहेका छन | करिब एक दशक अघि बाट गित गाउन सुरु गरेका गायक पवनलाई संगितको माया अत्याधिक रहेको देख्छु | पारिवारिक बन्धन आर्थिक चपेटाका कारण परदेश रहेका गायक पवन हरेक छुट्टिमा नेपाल आउछन र खुन पसिना बगाएर कमाएको रकमबाट केहि आफ्ना खर्च कटौति गरेर जमाएको रकम संगितमा लगानि गर्छन |

भिडियो पनि हेर्नुहोस