तिप्लिङ न्यूज
मिति २०७९ असोज १६ गते
काठमाण्डौं

ममता राई द्वारा निर्माण तथा निर्देशित वृतचित्र हेडमिसको काठमाण्डौं स्थित नवदुर्गा पार्टि प्यालेसमा एक विशेष कार्यक्रम गरिलोकार्पण गरिएको |

पूर्व प्रध्यानाध्यापक (हेडमिस) कमला राईको जीवन, सघर्ष सफलतामा आधारित वृत्तचित्रहेडमिसको लोकार्पण गरेको हो

सोलुदुधकुण्ड नगरपालिका ११ तिङलास्थित बरबोट आधारभूत विद्यालयमा ३९ बर्ष शिक्षण गरेकी राईको शैक्षिक जीवनमा आधारितवृत्तचित्रको कार्यक्रममा उपस्थित भएकाहरुले खुलेरै प्रसंशा गरेका छन |

निर्वतमान प्रतिनिधि सभा सदस्य हेम कुमार राईशुरवीरसहित कलाकार, संस्कृतिकर्मी, अभियान्ता, राजनीतिज्ञ, सामाजिककार्यकर्ताको उपस्थितिमा भएको लोकार्पण कार्यक्रमका वक्ताहरुले पूर्व प्रध्यानाध्यापक राईको शिक्षा क्षेत्रको योगदानको चर्चा गरे । 

सहभागीहरुले हेडमिसको सघर्षले महिलाले पनि पुरुष सरह जिम्मेवारी नेतृत्व लिन सक्छ भन्ने सन्देश दिएको प्रतिक्रिया दिए राईकीछोरी ममता थुलुङ राईको निर्माण तथा निर्देशन, प्रवेश राईको छायांकन तथा सम्पादन, रमेशबाबु राईको कथा आलेख यशोदा राईकोकथा वाचनमा तयार भएको वृत्तचित्र यसअघि विद्यालयको विदाई कार्यक्रममा समेत प्रदर्शन गरिएको थियो

लोकार्पण कार्यक्रम बिक्रम बाबू राईले संचालन गरेका थिए

भिडियो पनि हेर्नुहोस ्