तिप्लिङ न्यूज
मिति २०७९ असोज ३ गते
काठमाण्डौं
गाकय प्रदिप लामाको याङ्सरी माया बोलको गितलाई सफल्ता मिले पछि त्यस्कै सिरिज भाग २ याङ्सरी माया २ कपाल कोरी च्याट्टै बोलको हिमालि सेलो सार्वजानिक भएको छ ।
गायक प्रदिप लामा र गयिका लमु शेर्पाको स्वरमा रहेको गित कपाल कोरी च्याट्टै प्रदिप लामा म्युजिक एण्ड क्रियसन नामक युटुब बाट बजारमा ल्याएको हो ।
रिमेक भर्जनमा तयार भएको यस कपाल कोरी च्याट्टै गितलाई यो भन्दा अगाडिनै गायिका डोमा ह्योल्मो र गायक तेम्बा ग्याले शेर्पाले गाईसकेका छन् । अहिले रिमेक भर्जनमा भने केहि परिमार्जित गर्दै गायक प्रदिप लामा र लमु शेर्पाले गायका छन् । तेम्बा ग्याले शेर्पाकै लय संकलनमा नाम रहने गरि सहमतिमा बजारमा ल्याईएको यस गितलाइ नयाँ भर्जनमा याङ्सरि माया बोलको गितकै लेखक आस्मान लोप्चनले शब्द लेखेका हुन् । गायक प्रदिप लामा र गायक तथा लय संकलक तेम्बा ग्याले शेर्पा बिच युटुब र अनलाईन डिजिटल माध्यम बाट आउने सम्पुर्ण रकम ५०/५० प्रतिसतले बाँडफाँट गर्ने निर्णय भएको छ ।
याङ्सरी माया भाग २ “कपाल कोरी च्याट्टै’’ गितको एरेन्ज जोग लाल लामाले गरेका छन् भने ध्वनि सम्पादन दिपेश प्रधानले गरेका हुन । सरगम रेकर्डिङ स्टसडियोमा रेकर्ड भएको गितलाई रेकर्डिस्ट अर्पन थिङले रेकर्ड गरेका थिए ।
गित समग्रमा सम्पुर्ण पक्षले राम्रो भएकोले गित सबैले रुचाउने देखिन्छ । गायक प्रदिप लामाको यो भन्दा अगडि पनि बिभिन्न गितले स्रोता दर्शकको मन जितिसको छ । याङ्सरी माया, दारठेकिको मोहि मिठो, माथि त सोलु लुक्लामा, मायाले बोलाको , हेलम्बु माथि, खै त तिम्रो बुट्टे सारी बोलका गितहरु प्रदिपका चर्चित गितहरु हुन । गायक लामाको अब आउने गितहरु यस्ता छन् दार्जलिङ सहर,बिर्सनलाई खोजे,याङ्सरिनिला खाईलाला , चौतारी देशमै,लाग्यो लाग्यो दिलमा आगो,छड्के त टोपि छिटै बजारमा आउने छ । आस्माल लोप्चनले गायक प्रदिप लामाका लागि करिब ५ वटा गितहरु लेखि सकेका छन् । आस्मान र प्रदिपको सहकार्य अहिले सम्मको लागि भाग्यमानि साबित भएको छ ।
भिडियो पनि हेर्नुहोस
याङ्सारी माया