तिप्लिङ न्यूज
मिति २०७९ भदौं १६ गते
काठमाण्डौं
मंसिर ४ गते प्रदेश र संघीय चुनाव हुँदैछ । चुनावी माहोलले यतिबेला राजनीतिक दलहरु निकै तातिरहेका छन् । यस्तैमा सिन्धुपाल्चोक नेपाली काँग्रेसले पनि चुनावी नतिजा आफ्नो पोल्टामा पार्न छलफल र अन्तरकृयालाई व्यापक रुपमा अगाडी बढाईरहेको छ ।
आज सिन्धुपाल्चोक क्षेत्र नं. १ प्रदेश सभा ‘ख’ को बैठक एवं अन्तरकृया कार्यक्रम समापन भएको छ । जसमा अबको प्रदेश सांसद उम्मेदवार र केन्द्रको उम्मेदवारको नाम सिफारिस गर्ने निणर्य भएको छ । यसै सिलसिलामा द बर्गर हाउसका संचालक, युवा व्यवसायी, युवा समाजसेवी फुर्वा ग्याल्बो मोक्तान (थुप्तेन) को नाम पनि प्रत्यक्ष तर्फ सिफारिस गरिएको छ । उनी प्रदेश कार्यसमितिमा युवाहरुको रोजाईमा पर्ने उम्मेदवारका रुपमा चिनिन्छन् । उनी संलग्न बर्गर हाउसमा हाल हजारौं नेपाली युवायुवतीहरुले रोजगारी पाइरहेका छन् ।
त्यस्तै लामा गरिब, दिनदुखीहरुलाई परेको ठाउँमा निरन्तर सकेको राहत सहयोगमा खटिने युवा समाजसेवीको रुपमा परिचित छन् । भुकम्पका बेला होस् या कोरोना काल र बाढीपहिरो पीडितहरुलाई निकै खुलेर सहयोगमा अहोरात्र खटिनेमा अग्रपंक्तिमा उनि देखिन्थे ।
यस्तो छ लामाको राजनीतिक यात्रा ;
लामा २०६३ सालदेखि नेपाली काँग्रेसमा कृयाशिल हुँदै पार्टीको शुभेच्छुक संस्था सांस्कृतिक संघ सिन्धुपाल्चोकको कोषाध्यक्ष हुँदै नेपाल तरुण दल सुनकोसी गाउँपालिकाको अध्यक्ष रहि काम गरेको, चौधौं अधिवेशनबाट बागमती प्रदेश महाधिवेशन प्रतिनिधि निर्वाचित भैसकेको एवं नेपाल तरुण दल सिन्धुपाल्चोक क्षेत्र नं. १ का तरुण दलका कार्यबाहक अध्यक्ष समेत रहेका छन् ।
हिजो सम्पन्न बैठकले केन्द्रमा सर्वसम्मत केन्द्रको लागि पुर्व मन्त्री एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतलाई सिफारिस गरेको छ भनें प्रदेश सभाका उम्मेदवारका लागि लामा सहित ११ जनाको नाम सिफारिसमा परेको छ ।
भिडियो पनि हेर्नुहोस्