तिप्लिङ न्यूज
मिति २०७७ फागुन ९
सिन्धुपाल्चोक
हरेक बर्षझै यो बर्ष पनि तामाङ सोसाईटि युकेले गरिब र जेहेन्दार छात्र छात्राहरुलाई छात्रवृत्ति वितरण गरेको छ।
सिन्धुपाल्चोक जिल्लाको चौतारा सांगाचोकगढि नगरपालिका वडा ३ खालेको समाज विकास आधारभुत विद्यालयका ३३ विद्यार्थी लाई सोसाईटिले छात्रवृत्ति प्रदान गरेको हो ।
एक औपचारिक कार्यक्रमको बिच छात्रवृत्ति वितरण भएको थियो ।
र्ल्होछारको शुभकामना आदानप्रदान कार्यक्रम समेत रहेको कार्यक्रमको सभापति सोही विद्यालका अध्यक्ष टेक बहादुर तामाङ हुनु हुनुहुन्थ्यो ।
कार्यक्रममा प्रमुख अतिथि बरिस्ठ सेलो गायक प्रेम लोप्चन, विशेष अतिथि सेलो गायक आस्मान लोप्चन अतिथिहरु क्रमश नेपाल बौद्ध निङमा गोन्पा तथा अध्यायन केन्द्रका अध्यक्ष दान बहादुर लोप्चन , ३ नम्बर वडाका वडा सदस्य रेशम ढुङगाना लगायत अभिभावक एवम विद्यार्थीको बाग्लो उपस्थिति थियो ।
कोभिड -१९ को विषम परिस्थितिका कारण यो बर्ष तामाङ सोसाइटी युकेका समूह नेपाल आउन नसकेका कारण छात्रवृत्तिका सबै सामन लिएर वितरणका लागि प्रेम लोप्चन र आस्मान लोप्चन खाले सम्म पुगेका थिए ।
छात्रवृत्तिका रुपमा ३३ विद्यार्थीले प्रति ब्यक्ति सर्ट , पाईट, ज्याकेट, जुत्ता, दुई जोर मोजा , चप्पल , कपि १ दर्जन ,कलम १० पिस, सिसाकलम, इरेजर,कटर र जोमेट्रि बक्स वितरण गरेको छ।
छात्रवृत्ति प्राप्त गरेका विद्यार्थी खुशिले दंग छन भने बाँकि विद्यार्थीलाई पनि कपि, कलम , सिसाकलम, इरेजर र कटर वितरण गरेकोले खुशिनै देखिन्छ ।
छात्रवृत्ति संगै ल्होछार कार्यक्रम रहेकोले कार्यक्रममा उपस्थित सबै विद्यार्थी एवम अभिभावकलाई खाजा नास्ताको ब्यस्थापनि गरिएको थियो ।
कार्यक्रमलाई भर्चुअल माध्याम जुमको साहेताबाट छात्रवृत्ति वितरणको कार्यक्रम प्रत्यक्ष रुपमा युकेमा रहेका सम्पूर्ण तामाङ सोसाईटि युके परिवारले अनलाईबाटै सबै दृश्य अवलोकन गरेका थिए ।
कार्यक्रममा बरिस्ठ सेलो गायक प्रेम लोप्चन र गायक आस्मान लोप्चनले मौलिक तामाङ सेलो खान्दोके भाका डम्फुको तालमा प्रस्तुत गरेका थिए।
कार्यक्रमको अन्तिममा सबै विद्यार्थीहरुले देखेर खुशि संगै भावुक हुँदै सोसाइटीका अध्यक्ष अन्जु योन्जनले आफ्नो केही भनाई एवम प्रतिबद्धता जाहेर गर्नु भएको थियो । विद्यार्थीहरुको पढाईमा निरन्तर सहयोग गर्ने भन्दै अझै राम्रो पढ्न विद्यार्थीलाई आग्रह समेत गर्नु भएको थियो ।
जुम अनलाई भर्चुअल कार्यक्रम भने तामाङ सोसाईटि युकेका सचिव मनि तामाङले सन्चानलन गर्नु भएको थियो भने सहजिकरण सोसाईटिका महासचिव ज्ञान तामाङले गर्नुभएको थियो ।
त्यस्तै तामाङ सोसाईटि युकेका अध्यक्ष अन्जु योन्जन, महा सचिव ज्ञान तामाङ र सचिव मनि तामाङले आर्थिक स्थिति कम्जोर एवम असमक्षम सन्चमाया तामाङलाई नगद ९ हजार सहयोग गरेको छ । सन्चमायाको आफ्नो सानो छोरा भएको र छोराको पालन पोसन गर्न समेत गारो छ । आफु असमक्षम एता उता हिडडुल गर्न नसक्ने काम समेत गर्न नस्क्ने भएकोले सोसाईटिका पदाधिकारीले ब्यक्तिगत सहयोग गरेको हो ।
बल्लपो तामाङ हुल उठ्यो