तिप्लिङ न्यूज
मिति २०७७ बैशाख १७
गोर्खा

आर.के भट्ट ( अनेरास्ववियू केन्द्रीय सदस्य, गोर्खा )

संगठन संचालनको विधि जनवादी केन्द्रीयता विधानमा मात्र सिमित किन? न वैठक, न छलफलमा जनवाद भेटिन्छ न काम कारवाही र अभिव्यक्तिमा केन्द्रीयता।

संगठन भित्र यति धेरै अराजकता किन?
कुन विधिले नियन्त्रण गर्ने,कस्ले गर्ने?
हाम्रो आफ्नै गौरवशाली इतिहासलाई हामीले बोध गर्न सकेनौँ किन?

हामीमा यति धेरै स्खलन किन?
यस्ता थुप्रै प्रश्न चिह्न खडा भएको छ।
हाम्रो नेतृत्वद्वय कमरेड ऐन महर र कमरेड रञ्जित तामाङले ठण्डा दिमाखले सोच्नुस्, के हामी सहि दिशामा त छौ?

प्रश्न म आफैँलाई पनि_हो। तर नेतृत्वले दिशा निर्देश गरोस्, जस्तो सुकै कठिन नेतृत्व लिन हामी तयार छौं,पन्छिन विल्कुल खोजेको हैन जिम्मेवार बनौँ ।