तिप्लिङ न्यूज
मिति २०७७ बैशाख ११
पोखरा, कास्की
विशाल गाेले तामाङ
अनेरास्वविय(क्रान्तिकारी) पोखरा महानगर अध्यक्ष / गोले वंश उत्थान समिती केन्द्रीय सदस्य
विश्वका कयौं देशहरु ठुल्ठुला शक्तिहरुको उपनिवेशमा रहदा, सगरमाथाझै उच्च स्वाभिमान बोकेको मेरो देश नेपाल भने कहिल्यै, कसैसङ झुक्ने अवस्था आएन । वीरताको प्रतीक मानिने मेरो देश, आन्तरिक रुपमा संरचणा भने निकै नै दयनीय अवस्थामा थियो । जातिय, धार्मिक, लैङ्गिक, भौगोलिक आदिको कोणबाट विभेदपुर्ण विभाजन गरिनाले पटक-पटक कठिनपुर्ण अवस्थाको सिर्जनाबाट गुज्रिरहेको थियो । कयौं नेपालीहरु राज्यको पहुच(अधिकारविहिन) बन्न पुगे । तर बलवान् समयको चक्र थियो-विश्वले प्रगतिशील समाजको परिकल्पना गरिरहदा, नेपालमा क्रान्तिकारी योद्धा, एक युगपुरुष अर्थात राजनेताको जन्म भयो ( कामरेड प्रचण्ड ) ।
निरङ्कुश शासनको भन्डाफोर गर्न, परिवेश अनुसार अध्धयन गरि नयाँ विचारलाइ जन्म दिनुपर्छ । प्रचण्ड युगपुरुष हुन भन्ने विगतका इतिहासहरुले पुष्टि गरिसकेको अवस्था छ । हिजो पन्चायत विरुद्धको आन्दोलन होस वा राजतन्त्र विरुद्धको सशस्त्र विद्रोह । सबै परिवर्तनलाई जिवित पार्दै प्रचण्ड अघि बढी नै रहे। तत्कालिन समयमा, निरंकुश पन्चायत शासकहरुले बामपंथी नेताहरुमाथि प्रतिबन्ध लगाइरहेका अवस्था थियो । २०४३ सालको सेक्टर काण्डमा अनेक षड्यन्त्र रच्दै बामपंथी नेताहरुलाइ पत्तासाफ बनाउने खेलको प्रारम्भ भयो, सो दमन एक वृहत आन्दोलनमा परिणत हुनपुग्यो ।
जनमानसको भावना अनुरुप, राजनेता प्रचण्ड महामन्त्री रहेको पार्टी नेकपा(मसाल)ले पनि आन्दोलनलाइ समर्थन गरि बहुदल स्थापनाको निम्ति शान्तिपूर्ण ढंगबाट अघि बढ्ने निर्णय गर्यो । एकीकृत बाम मोर्चा, काङ्ग्रेस लगाएतको तालमेलसङै २०४६ सालको आन्दोलनबाट बहुदलीय प्रजातन्त्रको स्थापना गर्न राजनेता प्रचण्ड लगाएत नेताहरु सफल भए । बहुदल र जनताको भावनालाइ स्विकार गर्दै राजनेता प्रचण्ड नेतृत्व पार्टी त्यसपछिको निर्वाचनमा मैदानमा उत्रिए र तेस्रो पार्टी भयो ।
लोकतन्त्र पुर्ण रुपमा संथागत हुन नसक्नु जनतामा वितृष्णा मात्र थिएन, विद्रोहीहरुको नेकपा(एकता केन्द्र)को जन्म थियो । सो पार्टीको नाम परिवर्तन गर्दै २०५१ फागुन २ मा समापन भएको बैठकबाट नेकपा(माओवादी)बाट जनविद्रोह गर्ने बाटोमा अघि बढ्यो ।
२०५२ माग २२ गते सत्तापक्षलाई एकता केन्द्रले बुझाइएको मागपत्रको सुनुवाइ नहुदा अन्ततः राजनेता प्रचण्डको नेतृत्वमा महान जनयुद्धको प्रारम्भ भयो, जहाँ उनले नयाँ सम्भावनाको मार्ग साथै परिवर्तनको निम्ति नयाँ चालको सुरुवात गरे ।
महान जनयुद्धक्रममा युद्धहरुको लाल मैदानमा कुशल कमान्डको साथै योजनाबद्ध ढंगबाट मोर्चाहरु जित्दै, परिवर्तनका खातिर ज्यान बाजि लगाए र लगाउन लाखौंको प्रेरणा बन्नुभयो राजनेता प्रचण्ड ।
हरेक असहजतालाइ चिर्दै, निरंकुश राजसंस्थाको अन्त्य र सामन्ती युगलाई धोस्त पार्दै बिजयिको गाथा कोर्न माओवादी सफल भयो । २०५८ सालको दरबार हत्याकाण्डले थप बलियो बनेको जनआन्दोलनलाई चलाखीपुर्ण ढंगबाट नेतृत्व गर्दै देशलाइ गणतन्त्रको बाटोमा लैजान ठुलो योगदान राजनेता प्रचण्डले खेल्नु भयो ।
सो पश्चात संविधान निर्माणमा सहजकर्ताको भुमिका खेल्दै करोडौं जनताको अभिभावक कामरेड प्रचण्डको पहलमा देशले संविधानप्राप्त गर्यो । गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, समावेशीता, लोकतान्त्र, समानुपातिक जस्ता एजेन्डाहरुलाइ पास गराएर करोडौं जनतामाथी ठूलो गुण लगाउन सफल हुनु भयो ।
सिंहदरबारको अधिकार देशभर गाँउ/नगरमा पुग्नेले केही केन्द्रका ठालुहरुलाइ त अपच नै हुन पुग्यो तर गरिव नेपाली जनताहरुको मुहारमा भने छुट्टै उत्साह छाएको छ ।
प्रचण्ड नेतृत्व सरकारले, बर्षौदेखि भोक्दै आएको लोडसेडिङको समस्यालाइ अन्त्य गरे सङै काठमाण्डौका जनविरोधि भ्रष्ट कमिसनखोर दलालहरुलाई पाखा लगाइ नेपाली जनताले तिर्ने नसक्ने अर्को गुण लगाउनु भयो । प्रचण्ड नेतृत्व सरकारको बेला, २०६५, २०६८/२०६९ र २०७३/२०७४ सालमा राजधानीको सडक फराकीलो बनाएको थियो जस्को लामो समय पछि लाभ देखिदै छ। सरकारी जमिन मिचेर घर निर्माण गर्नेहरुको घरजग्गा अधिग्रहण गरि बाटो फराकिलो काम गरेर काठमाडौंबासिलाइ ठुलो समस्याबाट मुक्त गराउन सफल हुनुभयो ।
प्रचण्ड नेतृत्व सरकारले, भुकम्प प्रभाबित क्षेत्रका जनातालाई राहत-पुनरनिर्माण कार्य छिटोछरितो ढंगले अघि बढाएर राष्ट्रिय बिपद सामना गर्न सक्ने सन्देश अन्तराष्ट्रिय जगतमा दिएर छुट्टै स्वाभिमानको कदम चाल्नु भो । प्रचण्ड नेतृत्व सरकारको कठोर मेहेनत पछि, एसियाली बिकाश बैक र बिश्व बैकबाट प्रक्षेपण गरिए अनुसार देशको आर्थिक वृद्धदर ०.७% बाट ७.५% पुर्याउन सफल हुनुभयो । प्रचण्ड नेतृत्व सरकारले, गत १२ बर्षमै सबै भन्दा कम महंगी कायम गरी कालाबजारी र कमिसन नियन्त्रण गर्न सफल भएर नयाँ युगको सुरुवात गर्यो ।
प्रचण्ड नेतृत्व सरकारले, सरकारी अस्पतालमा गरिब-बिपन्न बिमारीलाई सर्वसुलव र सहुलिएतमा उपचार गराऊदा नीजी अस्पतालमा हुने अति मुनाफा असुल्न नपाउने अवस्थाको सृजनाले धेरै स्वास्थ माफियाहरुलाइ दुखित तुल्यायो तर गरिव नेपाली जनताको मनमा फेरि हिरो भए कामरेड प्रचण्ड । हरेक परिवर्तनलाई सम्भवनाको नजरले हेर्न सक्ने यी जोस, जागर र विचारप्रति जो कोहिलाई लोभलाग्न सक्छ त्यसैले त आज पनि करोडौं जोसिलो नेपाली युवाहरुको मनमा प्रचण्डको बाँस छ ।
विभिन्न राजनीतिक आन्दोलन, कालखण्ड र परिवेशलाइ हेर्ने हो भने जब जब देशलाइ संकत पर्ने गर्छ तब तब प्रचण्डको चालको पर्खाइमा स्वयं विभिन्न राजनैतिक धारका नेताहरुको अपेक्षा हुनेगर्छ । सिद्धान्त मानव जातिको निम्ति हो, आवश्यकता अनुरुप विचारहरु विकास गर्न जरुरी छ ।
पछिल्लो राजनीतिक क्रमलाइ केलाउने हो भने बामपंथीहरुले नसोचेको , देशले दुई तिहाइको बलियो सरकार र कम्युनिस्ट एकता बनाउन आफै लागि परेर देशवासीप्रती देखाएको सद्भावप्रती हामी सदैव धन्य छौ राजनेता प्रचण्ड । हरेक निर्णयहरु प्रचण्डको वरिपरि घुमिरहदा, केही समय यता षड्यन्त्रपुर्वक ढंगबाट देशमा अस्थिरता कायम गर्ने सोचका साथ ल्याइएको दल फुटाउने अध्यादेश पनि प्रचण्डबाट मात्र समधान हुने निश्चित छ ।
तर किन चुप छन त प्रचण्ड ? के प्रचण्डको यो मौनताले देशवासीलाई फाइदा गर्ला त ? अवस्य गर्दैन । विश्व महामरीको रुपमा फैलिएको कोरोना विरुद्ध लड्न प्रचण्डले संयन्त्रको जरुरी थानिरहेको अवस्थामा प्रचण्डको विचार लागू गरे प्रचण्डले जित्ने निश्चित भो भन्दै डराउनेहरु आज पछुताइरहेको अवस्था देखिन्छ । प्रचण्डको मौनताले देशलाइ ठूलो दुर्घटनामा लैजान सक्छ तसर्थ यो घडिमा महापुरुष प्रचण्डले केही कदम चाल्नै पर्छ ।
पछिल्लो अवस्थामा देशप्रेमी जनमानसको त माग नै प्रचण्डलाई प्रधानमन्त्री बनाएर मात्र निकास पाउन सकिन्छ भन्दै मत जायर गर्ने गरेका छन । प्रचण्डसंग समय हिड्ने सत्य हो, राजनेता प्रचण्डको अघि नयाँ चुनौती आएको छ । यस चुनौती भित्र सकारात्मक सम्भावना कायम गरि देशले लड्दै गरेको युद्धलाई परास्त पार्न अग्रगामी छलाङ मार्न सिंहको विकल्प नरहेकोले, प्रचण्ड र जनताको जित निश्चित छ ।
महान जनयुद्ध जिन्दावाद ।। वीर सहिदहरु लाल सलाम ।।