तिप्लिङ न्यूज
मिति २०७७ बैशाख ९
भक्तपुर

सन्जिब वाईबा तामाङ
नेपाल तामाङ कलाकार संघ – अध्यक्ष

सरकार जनताको अहिलेको समस्या समाधानको लागि सबै तहका जनप्रतिनिधिहरुलाई ब्यापक परिचालन गर्नुहोस्, सकिन्छ भने राजनीतिक दलका नेता कार्यक्रताहरुलाई परिचालन गर्नुहोस, उधोगपति/ब्यबसायीहरुलाई परिचालन गर्नुहोस्, जसले जुन क्षेत्रका जनता बिपदमा छन् त्यही क्षेत्रका जनप्रतिनिधिले खोजी गरि सबै सॅग समन्वय गरेर ब्यबस्थापन गर्न सकोस्/गरियोस् , शहरी क्षेत्रका सन्दर्भमा पनि त्यही गराउनुस् , ताकि जनता जहाॅसुकै अप्ठेरोमा परेपनि त्यही ठाउॅबाट सेवा प्राप्त गर्न सकियोस् । यो संकटमा यत्ति मात्रै काम तदारुकताका साथ गराउन निर्देश गर्नुहोस् , जनताले संधै सम्झिरहनेछन् ।

अर्को कुरा अबको ७ दिनभित्र उधोगी , व्यवसायी,राजनीतिक दलहरु ,बिज्ञहरु र आम् नागरिक समाजको सल्लाह सुझाव लिई सुरक्षा र सतर्कता अपनाउॅदै लकडाउनलाई खुकुलो बनाउने खाका तयारी गर्नुहोस् र त्यसै अनुरुप देशलाई पुन: सहज अवस्थामा ल्याउने कार्ययोजना बनाउनुस् ।

यत्ति काम गरेरै छाड्ने प्रण गर्नुहोस् होईन भने कोरोना भाईरस भन्दा पनि खतरनाक भाईरसहरु भित्र भित्र बाट आवरणतिर सल्वलाउन थालिसकेका छन् , कहाॅनिर के कमजोरी पाउला र प्रहार गरौंला भन्दै चियाईरहेकाछन् । अहिलेको तत्कालिन अवस्थामा यो दुबैखाले भाईरसबाट देशलाई मुक्ति दिलाउने महान अवसर र गम्भीर चुनौती सरकार र सारा नेपाली सामु खडा छन् ।

यत्तिबेला आफ्ना सम्पूर्ण संयञ्त्रलाई चुस्त ,दुरुस्त र जनताप्रति गम्भीर उत्तरदायी बनाउॅदै संकटसॅगै भ्रष्टाचार, कालो बजार लगायतका बिबिध बेथितिहरुलाई नियञ्त्रण र सुशासनको लागि कडा कदम चाल्दै अघि बढ्ने प्रण गर्नुहोस् ।

यत्ति गर्न सकियो भने नाकाबन्दी र लकडाउनमा जस्तै जनताको साथ पूर्ण रुपमा रहनेछ । होईन भने प्रतिपक्षहरुले त उछितो काट्नेनैछन् राजनीतिको मान्यता पनि त्यही हुन् तर तिम्रा कमजोरीहरु माथि टेकेर तिम्रै बिकल्पका लागि तिम्रै सामिप्यमा रहेर तिम्रै निकटस्तहरु अमुक ठाउॅहरुमा योजना बुन्दैछन् वा बुन्नेछन् । चेतना भया !

ईमानदारिताका साथ कसैप्रति कुण्ठा वा पक्ष नलिई मेरो मनमा लागेका देश र जनताप्रतिको चिन्ता र आशा ब्यक्त गरेको छु , यत्ति भन्दै गर्दा मै माथि अनेक उपमाहरु आउॅन सक्छन् भन्ने हेक्का समेत राखेको छु । सहुॅला,बुझाउॅला । धन्यबाद
जय देश ,जय नेपाली जनता ।