तिप्लिङ न्यूज
मिति २०७७ बैशाख ९ गते
पोखरा, कास्की
विशाल गाेले तामाङ
अनेरास्वविय(क्रान्तिकारी) पोखरा महानगर अध्यक्ष / गोले वंश उत्थान समिती केन्द्रीय सदस्य
आज संसारका सम्पन्न मुलुकहरु को भन्दा को कम भनि प्राकृतिक स्रोतको अधिक र अनुचित प्रयोग गरि प्रतिस्पर्धात्मक तरिकाबाट विश्व शक्ति केन्द्र बन्न लालायित भएको देखिन्छ। पृथ्वीको भारवहन क्षमतालाई ख्याल नगरी पुँजिवादी मुलुकले वस्तु र सेवाको उत्पादन, त्यसबाट प्राप्त मुनाफालाई मात्र केन्द्रमा राखि गरिएको प्रकृतिको दोहनका कारण विभिन्न प्रकारका नयाँ र डरलाग्दा खतराहरु पैदा भएका छन् ।
त्यसैको एउटा उपज,एउटा उदाहरण हो नोवल कोरोना भाइरस। अमेरिका, चीन, इटिली, स्पेनजस्ता अन्य देशहरुलाइ विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड-१९) को संक्रमणले घोडा टेकाइरहेको अवस्थामा प्राकृतिक सुन्दरता र विविधताले सझिएको मेरो सुन्दर देश नेपाल पनि यसबाट अछुतो रहन सकिरहेको छैन ।
मैले याे स्तम्भ लेखिरहँदा ३१ जना काेराेना संक्रमित भएका छन् भने खुसी लाग्दाे कुरा ४ जना काेराेना जितेर घर फर्किएका छन् । यो विपतको घडिमा देश नै पुर्ण रुपमा लकडाउनको अवस्थामा गुज्रिरहेको बखतमा रोग र भोकको ठूलो खाडललाइ सहि रुपमा ब्यवस्थापन गर्न नसक्दा सरकार र जनताबिच मतभेद उत्पन्न भएको जस्तो देखिन्छ ।
दुरदर्शी योजनाको कमिले गर्दा दैनिक ज्यालादारी मजदुर, निम्न आय भएका किसान, विद्यार्थी लगायत समाजको भुइमान्छेको भोकको लडाइँले साथ दिन सकिरहेको देखिदैन । जसको स्वरुप सयौंको संख्यामा नेपालको विभिन्न राजमार्गहरुमा गरिब साहराविहिन भुइमान्छेहरुको दयनीय अवस्था र कथा देखिरहेको छ ।
नेपाल सरकारले जारी गरेको लकडाउन कति व्यवस्थित, कति बैज्ञानिक हुनुपर्ने हो ? भन्ने विषयमा ठूलो बहसको बिषय भैरहेको अवस्थामा धेरै समस्या र अकर्मण्यता देखिदैछ हाम्रा मन्त्रीहरुको कार्यशैलीमा ।
यो दुई तिहाइको मत प्राप्त गरेको सरकारसङ जनताको आशा ठूलो भएर पनि यी समस्या आएका हुनसक्छन । करोडौं नेपाली जनताको अभिभावकत्व निभाउनु पर्ने यो दु:खद परिस्थितिमा, गरिब नेपाली जनताहरुको मन जित्नेभन्दा पनि बढी आलोचित र निराशापनको दलदलमा फसिरहेको यथार्थ कथा आज स्पष्ट देख्न सकिन्छ ।
लकडाउन लागु भएयताको कामहरु हेर्ने हो भने संतुष्ट हुन लायक काम भनेको केहि कोरोना संक्रमित नागरिकको सफलता पुर्वक उपचार मात्र देखिएको छ ।
केहि समय अघि ओम्नि कम्पनी मार्फत चिनबाट खरिद गरिएका सामानहरुको गुणस्तरमा प्रश्न चिन्ह खडा भएको थियो । जससंगै त्यसको मुल्यमा भ्रष्टाचारको विवाद चरम रुपमा उठेपछि रातासात सम्झौता प्रक्रिया रद्दसम्मको अनैतिक कामहरुले आलोचित बनाइरहेको छ ।
यो संकटको बेलामा कोरोना विरुद्ध लडिरहदा स्वास्थ्य र लकडाउन पालना गराई जनताको सेवामा अहोरात्र खटिरहेका सुरक्षाकर्मीहरुको महत्वपूर्ण भुमिका हुने गर्छ। उनिहरुलाई उर्जा प्रदान गर्न यो व्यवस्थित ढंगबाट युद्द जित्न थप सेवा , सुबिधा र प्रोत्साहनको जरुरी भएको छ । तर विडम्बना सरकारले फिल्डमा खटिएका सुरक्षाकर्मीहरुको तलब कटौती गरी कोरोना कोषमा हाल्ने निर्णयले झन निराशापनलाइ कायन गरि नै रह्यो ।
देशको विभिन्न भुभागहरुमा ज्याला मजदुरी गरि खाने वर्गहरुको पीडाले भरिएको सामाजिक संजालका भित्ताहरुले देशलाइ नै भावुक बनाइरहेको अवस्था देख्न सकिन्छ ।अझ मजदुर आन्दोलनबाट आएको केही नेताहरु देशको उच्च र महत्वपूर्ण ओहोदामा रहेको बखतमा पनि यस्ता समस्या आउदा अझ आलोचित र नैतिकता माथी ठूलो प्रश्न उठेको देखिन्छ ।
केहि समय अघि एउटा भिडियोले युट्युब, फेसबुक, ट्विटर जस्ता संजालहरुमा स्थान पाएको थिए जसमा एकै परिवारका सदस्य औसधि किनेर फर्किदै गरेको अवस्थामा निर्घात कुटपिट गरेको दृश्य अति नै दर्दानाक र पीडादयी थियो त्यसैगरी चिकित्सक आफ्नो कर्म गरि अस्पतालबाट फर्कने क्रमामा गरिएको दुव्र्यवहार खेदजनक छ ।
यी अनैतिक एवम् अमानवीय कार्यहरुलाइ ठिक तरिकाले नसच्चाइए, ब्यवस्थित गर्न सरकारले कदम नचाले तराईमा प्रहरीको लाठ्ठिले वृद्धको मृत भएपछिको अवस्था अरु स्थानहरुमा नहोला भन्न सकिन्न, जुन अवस्थाले देश र जनतालाइ कोरोनाबाट बचाउन अति नै दु:खद अवस्था सिर्जना हुने पक्का छ ।
लकडाउनको यस दु:खद घडिमा केही समय यता विभिन्न संचार माध्यमको सहयोगबाट जनतालाइ कोरोनाबाट वचन सचेत र जनचेतनामूलक सुचना प्रवाह गर्दै आएका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका कार्यरत डा. शेरबहादुर पुन माथीको राजनिती देखिरहेका छौ । हुन त खल्ती पुज्नेले भुइमान्छे पुज्न कुरै भएन ।
देश र जनताको निम्ति कसम खाएका मन्त्रीहरु यी लगाएत विभिन्न आर्थिक हिनामिनाको अनैतिक कार्यमा जोडिदा पनि कार्वाही त परको कुरा स्पस्टिकरण समेत नलिनुमा शेर बहादुर तामाङ जस्ता नैतिकतावान नेताहरुको हार भएको देखिन्छ ।
हिजो १८-२० घन्टा लोडसेडिङ भोग्नु पर्ने देशको दयनीय अवस्थामा कुलमान घिसिङजस्ता सच्चा सपुतहरुलाई विभिन्न आरोप र आछेप लगाइ पाखा लगाइ रहदा प्रचण्डको सरकार आए लगत्तै त्यो एक सहि निर्णय जस्ले देशले अर्को नयाँ युग प्राप्त गरेको थियो त्यसरी नै आज शेर बहादुर पुनहरुलाइ यस्तो संघषपुर्ण घडिमा गरिएको ब्यवहार कतै कुलमानलाइ गरिएको रोक छेक दोहोरिन लागेको त हैन भन्ने प्रश्नहरु आम जनतामा उब्जिरहेको छ ।