तिप्लिङ न्यूज
१७ पौष २०७६, सिन्धुपाल्चोक
स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ भोलि पुस १८ र पर्सि १९ गते बाह्रबिसे नगरपालिकामा “१३ औं राष्ट्रिय सोतोकान कराँते प्रतियोगिता तथा प्रथम मेयर कप २०७६” संगै बृहत् साँस्कृतिक कार्यक्रम हुने भएको छ । बाह्रबिसेमा राष्ट्रिय स्तरको सोतोकान कराँते प्रतियोगिता पहिलो पल्ट हुन लागेको हो ।
उक्त प्रतियोगिताको उद्घाटन नेपाल सरकारको युवा तथा खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्माको प्रमुख आतिथ्यतामा हुने तय भएको छ । त्यस्तै गरि समापन समारोह भने पुर्व सुचना तथा संचार मन्त्री एवं नेपाली काँग्रेस केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा हुने आयोजकले गोल्चे सन्चारलाई जानकारी गराएका छन् । साथै बिशेष अतिथिको रुपमा बाह्रबिसे नगरपालिका मेयर निमफुन्जो शेर्पाको उपस्थिति रहनेछ ।
यस प्रतियोगिताको लागि ७ प्रदेशबाट ७ वटा टिम र आयोजकबाट १ गरि जम्मा ८ टिम बिच भिडन्त हुनेछ । खेलाडी प्रशिक्षक गरि करिब २०० जना उक्त प्रतियोगिताको लागि १७ गते नै बाह्रबिसे पुग्नेछन् । खेलाडी र खेलमैदानको सुरक्षाको लागि सबै सुरक्षा जिम्मा ईलाका प्रहरी कार्यालय बाह्रबिसेले लिएका छन् । जसको सम्पुर्ण तयारी भैसकेको कार्यालय प्रमुख नबराज न्यौपाने बताउनु हुन्छ ।
खेल खोर्सानीवारि स्थित कभर्डहलमा सम्पन्न हुनेछ । जसको लागि आयोजकले सम्पुर्ण तयारी गरिसकेका छन । खेलकुदको प्रबर्द्धन संग संगै पर्यटन वर्ष २०२० लाई समेत प्रचारप्रसार गर्ने उद्देश्य रहेकोले आयोजकले उपस्थित खेलाडी , प्रशिक्षक अनि अन्य खेलप्रेमिहरुमा खेलको मज्जा लिँदै फुर्सदको समयमा बाह्रबिसे बजार संगै प्रसिद्ध धार्मिक एवं पर्यटकिय महत्व बोकेको सुनकोसी महादेव मन्दिरको दर्शन गर्न समेत अनुरोध गरेका छन् ।
यस प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु १ लाख, दृतिय रु ७५ हजार र तृतीय हुने टिमलाई रु ५० हजार पुरस्कारको समेत व्यबस्था गरिएको छ । यस कार्यक्रमलाई करिब १७ लाख ६२ हजार कुल लागत लाग्ने आयोजक संयोजक सुरेन बिक्रम योन्जन बताउनुहुन्छ ।
भिडियो तारेभुम