तिप्लिङ न्यूज                                                                       ४ कार्तिक २०७६, सिन्धुपाल्चोक, हेलम्बु

“स्वास्थ्य, अनुशासन, लगनशीलता, खेलाडी उत्पादन हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ न्यु राईजिङ युवा क्लबको आयोजना र हेलम्बु गाउँ पालिकाको समन्वयमा दोश्रो गाउँ पालिका स्तरीय फुटबल प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ । पालिका भित्रका १४ टिमहरु बिचमा भिडन्त भएको थियो । असोज २५ देखि सुरु भएको प्रतियोगिता हिजो कार्तिक ३ गते फाईनल खेल खेल्दै समापन गरिएको छ । बिजेता पुरस्कृत तथा सांस्कृतिक कार्यक्रम पालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको प्रमुख आतिथ्यता तथा क्लबका अध्यक्ष सुनिल दोङ तामाङको सभाध्यक्षमा भएको हो । सांस्कृतिक कार्ययक्रममा
गायक आस्मान लोप्चन , प्रितम तामाङले गित गायर मनोरञ्जन दिलाएका थिए भने कलाकार पुसन लामा र अनुष्का दोङले नाचेर आफ्नो कला प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा क्लबले जित हाँसिल गर्दै मेडल सहित नगद रु ५००००/- को चेक हात पारे । त्यस्तै दोश्रो पाल्चोकीमाई युथ क्लबले रु २५०००/- नगद र ट्रफी, दृतिय तेश्रो देविस्थान युवा क्लबले रु १००००/- र ट्रफी हात पारे । फाइनल खेलमा राइजिङका कारसाङ तामाङले ३ गोल हान्दै म्यान अफ द म्याचको उपाधी हात पार्दै क्लबलाई प्रथम स्थान हात पार्न सफल भए । साथै उनैले म्याच अवधिभरमा सबै भन्दा बढी गोल गर्ने खेलाडी समेत कारसाङ नै थिए । बेस्ट प्लेयरमा पाल्चोकीमाई युथ क्लबका दोर्जे सिङ्देन र बेस्ट किपरमा राइजिङका टासी तामाङले जिते ।

बिजेताहरुलाई हेलम्बु गा.पा. अध्यक्ष निमा ग्याल्जेन द्वारा सरप्राईज प्राइज

फुटबल प्रतियोगितामा बिजेता भएका क्लब तथा उपाधी हात पार्न सफल खेलाडीहरुलाई अध्यक्ष द्वारा सरप्राईज प्राईज समेत वितरण गर्ने निर्णय सुनाए । जसमा प्रतियोगितामा विजेता प्रथम हुने क्लबलाई रु ६००००/-, दृतिया हुनेलाई रु ४००००/- र तृतीय हुमेलाई रु २५०००/- पालिकाको तर्फबाट छुटै पुरस्कार स्वरुप दिने घोषणा गरे । साथै सर्वाधिक गोल कर्तालाई रु २००००/-, बेस्ट प्लेयर र बेस्ट किपरलाई रु १००००/- का दरले दिने समेत बताउनु भयो । पालिकाको यो घोषणाले सम्पुर्ण खेलाडीहरु अत्यन्तै उत्साहित हुँदै अध्यक्षको प्रशंसा गरे ।

पालिका अध्यक्ष शेर्पाले छिटैनै फुटबल ग्राउन्डको डिपिआर गर्ने प्रतिबद्धता जनाउनु भयो । ग्राउन्डको स्तरोन्नति छिटै गर्ने बताउनुभयो । राईजिङ युवा क्लबको अध्यक्ष एवं आयोजक संयोजक सुनिल दोङ तामाङले ग्राउन्ड निर्माणमा क्लबलाई पालिका बाहेक अन्य निकायबाट सहयोग प्राप्त नभएको दुखेसो व्यक्त गरे ।