तिप्लिङ न्यूज
०७६ असोज १८ सिन्धुपाल्चोक
आस्मान तामाङ
स्वास्थ , अनुशासन , लगनशीलता , खेलाडि उत्पादन हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ विजय दशमि तथा शुभ दिपावलिको अवसरमा न्यू राईजिङ युवा क्लब हेलम्बुले दोस्रो हेलम्बु गाउँ पालिका स्तरिय फुटबल प्रतियोगिता गर्ने भयको छ ।
असोज २५ गते देखि कार्तिक २ गते सम्म संचालन हुने प्रतियोगिताका लागि धमाधम दर्ता खुल्ला गरिएको छ । असोज १० बाट दर्ता खुल्ला गरिएको छ भने असोज २० गते सम्म दर्ता गर्न पाईनेछ ।
दर्ता गर्न नगद पाँच हजार, परिचय खुल्ने प्रमाणपत्र र दुई/दुई प्रति फोटो चाहिने छ ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रोलाई क्रमश
५०,००० पचास हजार , २५,००० पचिस हजार र १०,००० दशहजार नगद सहित ट्रफि , मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष सुनिल दोङले जानकारि दिनुभयको छ ।
हरेक खेलमा खेलको एक उत्कृष्ट खेलाडि छनोट गरि म्यान अफ दि म्याचको पुरस्कार पनि दिइनेछ ।
हेलम्बु गाउँ पालिकाको विशेष सहयोगमा संचालन हुन लागिएको यस प्रतियोगिताले नयाँ खेलाडि उत्पादन एव खेल प्रतिको खेलाडिको दृष्टिकोणलाई अझै फराकियो बनाउनेमा आयोजक परिवार विश्वस्त छन ।