तिप्लिङ न्यूज
०७६ भदौ २७ काठमाडौं

नृत्य निर्देशक संघ नेपाल काठमाडौं क्षेत्र न ३ को आयोजनामा अन्तर बिधालय स्तरीय कविता वाचन प्रतियोगितामा सम्पन्न भयको छ ।
कबिता वाचन प्रतियोगितामा राष्ट्रियता विषयकमा होलि गार्डेन र नृत्य कबिता प्रतियोगिता अन्तर्गत टाइम लाईन स्कुल प्रथम भएका छन।

साहित्यकार लक्ष्मी रुम्बा तामाङ डा.बाजुराम पौडेल र गणेश प्रसाद खतिवडा तिन निर्णायक मन्डल रहेको कविता बाचन प्रतियोगितामा टाइमलाइन स्कुल नयाँबस्ती जोरपाटीमा भएको हो।

दुई किसिममा संचालित राष्ट्रियता विषयक कविता प्रतियोगिता र नृत्य विषयक कविता प्रतियोगिताका रुपमा भएको प्रतिपर्धामा राष्ट्रियता विषयक कवितामा प्रथम -होलि गार्डन स्कुल,द्वितीय -बाल गितान्जली स्कुल र तृतिय समिक्षा गणेश हिमाल स्कुल बिजेता भएका छन भने नृत्य विषयक कविता तर्फ प्रथम – टाइम लाइन स्कुल,द्वितीय -बाल गितान्जली स्कुल र तृतिय गोकर्णेश्वर स्कुल बिजेता भएका हुन।

“नृत्य हाम्रो अभिमान कला र संस्कृतिका पहिचान” भन्ने मुल नाराका साथ स्थापना भएको नृत्य निर्देशक संघ नेपाल काठमाडौं क्षेत्र न ३ का अध्यक्ष बुद्ध लामाको सभापतित्व तथा प्रशिद्ध हास्य कबि शैलेन्द्र सिंखडाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो। त्यसैगरी बिशेष अतिथिहरुमा नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवन दास लगाएत विभिन्न संघ सस्थाका प्रतिनिधिहरु,साहित्यकार,कलाकार बुद्धिजीवी लगाएत नेपाली साहित्य तथा सस्कृतिप्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा मन्तव्य राख्ने विभिन्न ब्यक्तित्वहरुमा राम प्रसाद बराल,डा.बाजुराम पौडेल ,भोला रिजालले बाचन गरिएका कबिता संगै प्रतियोगिहरुलाई समेत हौसला दिदै भबिश्यमा साहित्य क्षेत्रमा राम्रो हुनेमा खुशी व्यक्त गरेका थिए भने नृत्य निर्देशक संघ नेपाल केन्द्रीय अध्यक्ष भुवन दासले बोल्दै भदौ २६ गते नृत्य निर्देशक संघको खास बिशेष दिन रहेको र संघले एउटा नृत्यको बिधा मात्र नभई विभिन्न सामाजिक गतिबिधिमा कृयाशिल छोटो समयमै ठूलो उपलब्धी हासिल गरिसकेको सामाजिक संस्था पनि भएको बताएका थिए।

कार्यक्रमको सम्बोधन गर्दै प्रमुख अथिती प्रशिद्ध हास्य कबि सैलेन्द्र सिंखडाले मन छुने कविताहरु वाचन गरि सम्पुर्ण प्रतियोगीहरुलाई भबिस्यको महाकवि रुपमा सम्मान गर्दै उत्साह प्रदान गरेका थिए। साहित्यको बिधालय भनेको भबिश्य बनाउने मन्दिर हो भन्दै शुभकामना समेत ब्यक्त गरेका थिए।

सम्पुर्ण बिजेताहरुको उच्च मुल्यांकन गर्दै संघले आगामी दिनमा अझै साहित्य क्षेत्रमा दिगान्त रहोस भन्दै सम्मान पत्रद्वारा सम्मान गरेको छ। संघले यस कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष /अप्रत्यक्ष रुपमा अनवरत सहयोग पुर्याउनु हुने बिभिन्न संघ संस्था ब्यक्ती संचार माध्यम लगाएतलाई सम्मान पत्रद्वारा सम्मान गरेको छ।

कार्यक्रमको अन्त्यमा नृत्य निर्देशक संघ नेपाल काठमाडौं क्षेत्र न ३ का अध्यक्ष तथा सभापतित्व बुद्ध लामाले उपस्थित सम्पुर्ण अथितीहरु, अभिभावक लगाएत सहयोगिहरुलाई हार्दिक आभार प्रकट गर्दै कार्यक्रमको समापन भएको घोषणा गरेका थिए भने स्वागत मन्तब्य नृत्य निर्देशक संघ नेपाल काठमाडौं क्षेत्र न ३ का सचीव देबराज गुरुङ र सहजीकरण स्वयत्ना योन्जन तामाङले गरेकी थिईन।